कोरोना संक्रमणको अवस्था कस्तो छ र कसरी बच्न सकिन्छ ?



– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ|
..
कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ | कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ | परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन |
.
अन्य देशको कोरोना संक्रमणसंग नेपालको अवस्था मिल्दो छैन | हालको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२ % मात्र छ अर्थात संक्रमित १००० मा करिब २ जनाको मात्र मृत्यु भएको छ | यसलाई अझै विश्लेषण गर्ने हो भने ती मृत्युमध्ये ५० % मृत्यु कोरोना संक्रमण नभएको भए पनि हुने अवस्थाका छन् | त्यस्तै परीक्षणमा नसमेटिएकालाई गणना गर्ने हो भने मृत्युदर नगण्य हुन आउँछ |
.
विश्वको संक्रमण गति हेर्ने हो भने अत्यन्तै तीब्र गति देखिन्छ | अमेरिकाका सरुवारोग बैज्ञानिक एन्थोनी फाउचीले यदि सबै नागरिकले मास्क नलगाउने हो भने अमेरिकामा आगामी दिनमा संक्रमितको संख्या प्रतिदिन १ लाख बढ्ने बताएका छन् |
.
छिमेको देश भारतमा कोरोना संक्रमण बढ्दो गतिमा छ | महाराष्ट्रमा मात्र १ लाख ७५ हजार संक्रमितको संख्या पुगेको छ भने दिल्लीमा ९० हजार संक्रमित भएका छन् | हिंजोमात्र भारतमा ५३७ जना व्यक्तिको कोभिड १९ को कारण मृत्यु भएको छ |
.
कोरोना संक्रमणको लागि प्रयोग भएका औषधिमध्ये एचाइभि / एड्सका औषधि निष्प्रभावी बनेकाले अब कोभिड १९ का बिरामीलाई प्रयोग नगरिने भएको छ | त्यस्तै इबोलाको औषधि रेमडेजेभिरलाई FDA पनि प्रयोगको लागि अनुमति दिएको छ | त्यस्तै बेलायतका ४० हजार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नहोस् भनेर मलेरिया तथा बाथमा प्रयोग हुने Hydroxychloroquine सेवन गर्न दिइएको छ | यसको परिणाम सफल देखिने बेलायतको विश्वास छ | त्यस्तै विश्वका धेरै देशमा संक्रमणबाट निको भएका व्यक्तिको रगतमा रहेको प्लाज्मालाई नयाँ संक्रमितमा दिएर उपचार गर्ने बिधि अपनाइएको छ |
डेक्सामेथासोनको प्रयोगको कारण गम्भीर हुने, अक्सिजन चाहिने वा भेन्टिलेटर चाहिने बिरामीको संख्या एक तिहाइले घटेको छ भने मृत्युलाई पनि घटाएको छ |
.
कोरोना संक्रमण बिरुद्ध खोपको अन्वेषणले सन्तोषजनक परिणाम दिएको छ | चीनले हालमात्र सैनिकमा परीक्षण सुरु गरेको छ | त्यस्तै अमेरिका, बेलायतको अक्सफोर्ड युनिभर्सिटी, रुस, इजरायल, इटली, जापान लगायतका देशमा खोपको प्रक्रिया धेरै अघिं बढिसकेको छ |
.
इटलीको हालैको अनुसन्धानले बताएको छ कि कोरोना भाइरस क्रमशः कमजोर भइरहेको छ | जसले गर्दा संक्रमण भएपनि अस्पताल जाने, आइसीयु तथा भेन्टिलेटर चाहिने संक्रमितको संख्या एकदम न्यून छ | जबकी इटलीमा लकडाउन धेरै खुकुलो गरिएको छ |
.
भारतमा भएको एक अनुसन्धान अनुसार दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको जिन अधययन गर्दा यहाँको भाइरस बुहान, इटली, न्युयोर्क, लन्डन भन्दा कमजोर प्रजातिको पाइएको जनाइएको छ | अन्य देशको तुलनात्मक अध्ययन गर्ने हो भने १३० करोड भन्दा धेरै जनसंख्या भएको तथा नेपालको जनसंख्या जति सडकमा माग्न बस्ने देश भारतको मृत्युदर त्यति धेरै हैन | पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा, नेपाल, भुटान लगायत देशमा मृत्युदर अन्य बिकसित देशमाभन्दा थोरै छ | त्यतिमात्र हैन हिमालयन रेन्जमा रहेका नेपाल, चीनको तिब्बत, भारतको सिक्किम तथा भुटान धेरै सुरक्षित छन् | यसको कारण अनुसन्धानको बिषय हुनसक्छ |
.
घरबाहिर जाँदा मास्क सबैले प्रयोग गर्ने ( गाउँघरको हकमा अन्य व्यक्तिसंग भेट्दा मात्र ), ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, पटकपटक हात धोइरहने, भीडभाडमा नजाने, सकभर खुला ठाउँमा बस्ने, भोजभतेर नगर्ने, नाक, मुख तथा आँखामा हात नपुर्याउने, सन्तुलित तथा प्राकृतिक भोजन गर्ने, दिनमा १ घन्टा व्यायाम गर्ने वा हिड्ने, राति ८ घण्टा सुत्ने, दिनको १ घन्टा घाममा बस्ने, चिन्ता तथा तनाब नलिने, योगध्यान गर्ने, उपलब्ध मनोरन्जन गर्ने तथा सकारात्मक सोंच राख्ने हो भने कोरोना संक्रमणबाट बच्न र बाँच्न सकिन्छ |
.
हामी सबैले सुरक्षित भएर आफ्ना काम गर्ने, एकअर्कालाई सहयोग गर्ने तथा आधिकारिक सूचना एबम स्वास्थ्यकर्मीका कुरामा विश्वास गर्ने बानी बसाल्यौं भने कोरोना संक्रमणजन्य चिन्ताबाट बच्न सकिन्छ |
.
अन्त्यमा आज मुस्तांगका ८३ बर्षिय संक्रमित हजुरबुवा कोरोनामुक्त हुनुभएको छ | हामीकहाँ जेष्ठ नागरिक तथा दीर्घरोग भएका धेरैजनाले सजिलोसँग कोरोना संक्रमण जितिरहनुभएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा