पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । शुक्रबार बिहान ११ः२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन् । ओली उपस्तित नभएपछि बैठक पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरेर सञ्चालन गरेका छन् ।

बुधबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आआफ्ना धारणा राखेका थिए । बैठकमा ओलीले आफूलाई पार्टी भित्रैबाट असहयोग भएको बताएका थिए भने प्रचण्डले ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु गल्ती भएको बताएका थिए । दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राखिरहेका छन् ।

बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् । यसअघि पनि प्रधानमन्त्री स्थायी कमिटीको बैठक छाडेर हिंडेपछि बैठक त्यतिकै स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले