‘हामीले आफैंलाई त्यो खुसीको अंसियारका रूपमा पाउने छौँ’



डा. गोविन्दशरण उपाध्याय ।

करोनाले सङ्क्रमित हुनु कुनै पाप होइन, देवताले दिएको दण्ड होइन, आतंकवादी फैलाएको रासायनिक आक्रमण होइन | प्रकृतिमा लुकेर वसेका आक्रामक जीवाणुहरू सक्रिय भएर देखा परेका हुन् | करोना यमराज होइन, यमराजको दूत हो | दूतले धेरैजसो भविष्यको सूचना दिने गर्छन् | जसको शरीर, मन तथा आत्मवल कमजोर छ, दूतहरूले चेतावनी दिन शरीरमा प्रवेश गर्छन् |

करोनाको संक्रमणमा पर्ने व्यक्ति आफैमा पीडित हो | एस्तो अवस्थामा विभिन्न वहाना गरेर भेदभाव गर्नु अमानवीय र धार्मिक दृष्टिकोणले पाप हो | जीवाणुबाट जोसुकै मान्छे विरामी पर्न सक्छ | त्यो म वा तपाईं जो-कोही पनि हुन सक्छौं |

करोना संक्रमितप्रति घृणा गर्ने, अरूलाई घृणा गर्न उक्साउने र सहयोगी व्यबहार प्रकट गरेर सङ्क्रमित व्यक्तिलाई रोगबाट लड्ने क्षमता प्रदान गर्नुको सट्टा भेदभव गर्नेलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्नुपर्छ | यदि सरकारले कार्वाही गर्दैन भने विभेदकारीहरूलाई ईश्वरले दण्ड दिन्छ |

“म जोगिएको छु वा मेरो परिवार सुरक्षित छ” भनेर सङ्क्रमित प्रति असहिष्णु व्यबहार गर्ने व्यक्ति वा परिवार भोली संक्रमणमा पर्न सक्छ | तेस्तो अवस्थामा हामीले पनि तेस्तै घृणा, असहिष्णुता र सामाजिक वहिष्कार सहनु पर्ने हुन्छ |

तेसैले धर्म, मानवता तथा एउटा सामाजिक प्राणीका रूपमा कोभिड-१९ बाट सुरक्षित रहन सरकार तथा स्वास्थ्यविदहरूले “यो गरौँ” भनेका सबै नियमहरू पालन गरौँ र आफ्नो छिमेक, टोलमा यदि कुनै व्यक्ति कोरोना सङ्क्रमित छ भने सक्दो सहयोग प्रदान गरौँ |

सम्वन्धित व्यक्तिलाई जीवनप्रति हौसला प्रदान गरौँ, सम्वन्धित व्यक्तिका परिवारसंग शारीरिक दूरी बनाएर भरपर्दो भौतिक, मानसिक तथा सामाजिक सहयोग गरौँ | सङ्क्रमित प्रति हामीले जति प्रेम तथा सद्भावना प्रकट गर्छौं तेतिनै उसको आत्मबल बढ्छ र रोग तथा मृत्यु पराजित हुन्छ |

संस्क्रमितका लागि सहानुभूति होइन समानानुभूति प्रदर्शन गरौँ | “करोनाले एति मान्छे मरे” भनेर कुरा गर्नुभन्दा करोनाबाट “एति निको निको भएर घर गए” भन्ने विषयमा परिचर्चा गरौँ | मर्नेको तुलनामा मृत्युलाई जित्नेको सङ्ख्या अत्याधिक छ |

करोना कहर अवश्य हो तर एसले हामी मानव समाजलाई प्रकृति तथा आफ्नै जातिप्रति परोपकारी भएर प्रस्तुत हुन र सहयोगी भूमिकामा प्रस्तुत हुन अवसर प्रदान गरेको छ | धनि गरीव, छुत-आछुत, वर्णआदिका सबै सीमाहरू प्रकृतिले भंग गरिदिएको छ |

सतर्कता अपनाऔं र करोना सङ्क्रमितहरूप्रति हदैसम्मको सहयोगी क्रिया र भावना व्यक्त गरौँ | यदि तपाईं र म स्वास्थ्य छौं भने दिनको १० मिनट सङ्क्रमितको सु-स्वास्थ्यको लागि परिवार मिलेर प्रार्थना गरौँ | हरेक सङ्क्रमित निको भएर घर पुग्दा छोराछोरी, आमावुवा, श्रीमान् श्रीमती र अन्य परिवारका व्यक्तिहरुले खुसीको आँसु बगाउँदै सम्वन्धित व्यक्तिलाई स्वागत गरिरहेको दृश्य सम्झौं |

हामीले आफैलाई त्यो खुसीको अंसियारका रूपमा पाउने छौँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै