घृणावादका पुच्छर !



डा. गोविन्दशरण उपाध्याय ।

कुनै एउटा टाईसूट लगाएको ठगलाई विद्वान देख्ने र आफ्नो रैथाने पोसाकमा रमाइलो मान्ने विद्वानलाई पाखे देख्ने “मानसिक रोग” भएकाहरूका कारण देशले सधैं दुखान्त भोगिरहेको छ | भन्नैपर्छ – नेपालराष्ट्रको अधोगतिमा टाईधारीहरूको हस्तक्षेप जगजाहेर छ | जो चोर उसैको ठूलो स्वर भनेको उखान ठ्याक्कै यहाँ मिल्छ |

सन् २०७ तिरको कुरा हो – म नेपाल गंजबाट पोखरा आउंदै थिएँ | तेस वखत मैले नेपाली लवेदा (दौराधोति, टोपी सहित निधारमा टीको) लगाएको थिएँ | अगाडी बसेका दुईजना युवकहरूले मलाई निकै खिस्यौटी गरेर बोलिरहेका थिए | उनीहरू मलाई “बाजे” भन्दै अपमानित गरिरहेका थिए | म कत्ति पनि रिसाइन | वरिपरी वसेका व्यक्तिहरूले मेरो अपमान भएको सुन्दा असजिलो मानिरहेका थिए |

मैले उनीहरूलाई “के गर्नु हुन्छ” भनेर सोधें, उनीहरू क्याम्पसमा पढ्थे र एउटा नामचलेको एनजीओमा काम गर्थे | उनीहरूले मेरो अपमान गर्न छोडेनन् | यहाँसम्म कि अशुद्ध अंग्रेजीमा एकआपसमा कुरा गर्दै “बाजे”प्रति घृणा पोखिरहे | तेसपछि मैलेशुद्ध अंग्रेजीमा बोल्न थालें | उनीहरूले यो आशा नै गरेका थिएनन् | अन्तत: आफ्ना क्रियाकलापका कारण उनीहरू सम्भवत: आफ्नो गन्तव्य नपुग्दै वसबाट झरे |

भाषा, टाई र आइएजिओ संस्कृतिसंग छिरेको घृणावादको यो भन्दा ज्वलन्त उदाहरण खोज्नु पर्दैन | नेपाली समुदायका अभिन्न अंग र नेपालको संस्कृति निर्माणका बलिया खाँवा “पुरोहित वर्ग र तिनको भेष र पेशाप्रति” एतिबिध्न घृणा तथा हेप्ने दृष्टिकोण कहाँबाट विकसित भयो ? एसको उत्तर मैले आजभोली प्राप्त गर्न थालेको छु |

आफ्नै धर्म, संस्कृति तथा संस्कार र मातृभूमिको गौरवप्रति हीनताबोध गर्ने वैचारिक स्रोत के हुन् भन्ने मलाई र यो लेख पढिरहेका पाठकहरूलाई थोरै भए पनि थाहा छ | विदेशी प्रतिमानहरूका भक्त, पराई धर्मका पुजारी, डलरका अन्धविश्वासी र स्वदेशीमा भन्दा विदेशी शिक्षा (मानविकी)मा विश्वास गर्ने शिक्षाविद् र सरकारहरूनै यसका स्रोत हुन् | मूलत: राष्ट्रराज्यको बाटोबाट प्रवेश गरेर घृणावाद फैलाउदै छ |

नेपालको प्रसिद्ध दैनिक पत्रिकामा छापिएको र मैले मेरो पोष्टसंग गाँसेको यो कार्टुनले मेरो ध्यान आकर्षित गरेको छ | नेपालको संविधानले हरेक व्यक्तिलाई आफुलाई मन परेको पोसाक लगाउन, कानुनी व्यबस्था उलंघन नहुने काम गर्ने स्वतन्त्रता नेपाली संविधानले दिएको छ | नानाथरिका वहानाहरू निकालेर देशको १७% जनसंख्याको प्रतिनिधित्व गर्ने समुदायउपर जाईलाग्नेहरूको मानसिक दरिद्रता देखेर दया लाग्छ |

दलितसमुदायको पीडाको लागि केवल ब्राह्मण-समुदायलाई दोष दिनेहरू मूलत: इसाईका घोडामात्र हुन् | दलितहरूको मनमा ब्राह्मण-समुदायप्रति चरमघृणाभावको विकसित गरेर उनीहरूले अर्को अपराध गरिरहेका छन् | हरेक समुदायमा पण्डित हुन्छन् तर तेस्तो पण्डित्याईको प्रकृति फरक छ | बाहुन पण्डितले कर्मकाण्ड गर्छ, क्षत्री पण्डितले सुरक्षा दिन्छ, वैश्य पण्डितले व्यापारमा दक्षता प्राप्त गरेको हुन्छ भने सूद्र पण्डितले सेवाक्षेत्रमा महारत प्राप्त गरेको हुन्छ | कृष्णले गीतामा एसैलाई “गुणकर्मका आधारमा” जात निर्धारण हुन्छ भनेका छन् |

पण्डित, पुरोहित, विद्वान सबै समुदायमा हुन्छन् | विश्वमा सबैभन्दा बढी ठगी गर्नेहरू मूलत: घृणावाद बेच्नेहरूसंग छ | दलितको पीडालाई डलरमा परिणित गर्न सक्ने अदभूत क्षमता घृणावादीसंग हुन्छ | एस्तो ठगीमा सबै समुदायका ठगहरू संलग्न छन् | जाति वा वर्णका आधारमा छुट्याउने आवश्यकता छैन |

विदेशीको नक्कल गरेर देश-निर्माण र विकास हुने भए वि.स. २००७ साल देखि निरन्तर नक्कल हुँदैआएको छ | नेपालमा धेरै ब्राह्मणहरूले कर्मकाण्ड गरेर आफ्नो जीवन यापन गर्छन् | देशको प्राचीन संस्कृति तथा सभ्यताको निरन्तरताका लागि ठूलो योगदान दिएका छन् | यो देशको संस्कृति र सभ्यताको निर्माणमा देशका हरेक नागरिकको आ-आफ्नै किसिमको योगदान छ |

नेपाल राष्ट्र र एसको सभ्यता तथा संस्कृतिको निर्माणमा यहाँका हरेक जातिजाति र समुदायको लगानी छ | ब्राहमणदेखि लिएर दलितसम्म र मधेसीदेखि लिएर हिमालसम्मका हरेक व्यक्तिको अथक परिश्रमले देशको संस्कृति र सभ्यता निर्माण भएको छ | इतिहास फर्कने वस्तु होइन | भविष्यको गर्भमा दलित र गैरदलितको विभेदपूर्ण समाज छैन | यसका लागि दलित र गैरदलित मिलेर काम गरिरहेका छन् | हजारौं वर्षको अभ्यास, आनिवानी मेटिन समय लाग्छ तर घृणावादीहरू मनुस्मृति श्लोकका आधारमा दलित तथा गैरदलितको परिभाषा थोपर्न सक्रिय छन् | यो देश मनुस्मृतिले होइन देशको संविधान २०७३ बाट चलेको छ भन्ने कुरा स्वीकार्न तयार छैनन् |

जवसम्म कुनै नेपाली नागरिक वा मिडियाले पण्डितहरूको (संस्कृतमा पण्डित शब्दको अर्थ ज्ञानी, पढालिखा तथा आत्मनिर्भर भन्ने हुन्छ) एस्ता कार्टुन बनाएर अपमानित गर्छ, तवसम्म देशले प्रगति गर्न सक्दैन | यी मानसिक दरिद्रहरूले कल्पना गरेको नवोदित शब्द “ब्राहमणवाद” डलरको वरिपरी घुम्नेगर्छ भन्ने तत्थ्य अव लुकेको छैन |

नागरिक-नागरिकमा कुनै प्रकारको विभेद हुनुहुँदैन | विभेदले घृणा ए घृणाले द्वन्दात्मक स्थितिको सृजना गर्छ | इतिहासमा ब्राहमण, क्षत्री र वैश्यहरू बीच र दलितहरू बीच छुवाछुतको दुखदायी रेखा कोरेको थियो भन्दैमा होस् गुमाएर जोडजोडले समुदाय-विशेषलाई “नव-दलित” बनाउनु अपराधपूर्ण कार्य हो | छुवाछुत र दलन निर्मूल गर्न सहमति नबनेको भए संविधानले नै छुवाछुतलाई बर्जित गर्न सक्ने थिएन | साउदी अरेवियामा महिलाले भोट खसाल्ने र तेहाका अल्पसंख्यक रैथाने इसाईहरूले मुस्लिमझैं अधिकार उपभोग गर्ने आजका मितिसम्म कुनै सम्भावना छैन | यो सोच केवल तेहाका पुरुष मुस्लिमको मात्र होइन, महिलाहरूले पनि भोट दिने स्वत्रन्त्रताको विरोध गर्न सक्छन् |

आत्मविश्वास गुमाएको समाज र व्यक्तिले आफ्नो वेइजेत्ती गर्दै आत्मरति गर्छ | एकपटक सोचौं त : यदि यो कार्टुन कुनै दलित, मुस्लिम वा इसाईको किन भएन ? एस्ता कार्टुनहरू घृणावादको चरम अभिव्यक्ति हो | देशको प्राचीनतम संस्कृति र सभ्यताको निरन्तरताका लागि बाँचिरहेका यी पुरोहित-समुदायको मन दुखाएर प्रगतिशील बन्नेहरू घृणावादीहरूका पूच्छर बाहेक केही होइनन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।