आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ, बेरोजगारी थपिन्छ भन्ने जस्ता कारणले राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन



विष्णु रिजाल ।

आफ्ना नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ, बेरोजगारी थपिन्छ वा खाद्य संकट आउँछ भन्ने जस्ता कारणले कुनै पनि राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन । सीमामा हजारौँ नागरिक जम्मा भइसकेका छन् । भारतमा पनि प्रवासी श्रमिकका समस्या उस्तै छन् । आफ्ना नागरिकलाई स्वदेश ल्याउने, सीमामा क्यारेन्टाइन बढाउने, पीसीआर गर्ने र घर पठाउनेमा ध्यान केन्द्रित आवश्यक छ । यही नै राज्यको अहिलेको दायित्व हो ।

यसका लागि प्रदेश सरकार र नेपाली सेनालाई परिचालन गर्नुपर्छ । दुई महिनासम्म सीमामा दुई चार लाख मानिस राख्न सक्ने गरी क्वारेन्टाइन व्यवस्था भइसक्नुपथ्र्यो । समस्या अझै चर्किने निश्चित छ । त्यसैले क्वारेन्टाइन बनाउन ढिलो नगरौँ । मानिसहरुलाई त्यहाँ बस्न प्रेरित गरौँ ।
चीन, भारत, जर्मनी र अमेरिकाले केही स्वास्थ्य सामाग्री दिएका छन् । सेनाले पनि चीनबाट पहिलो खेप सामग्री भित्र्याएको छ । निजी क्षेत्रबाट पनि केही सामग्री आएको छ । व्यापक मात्रामा सीमावर्ती क्षेत्रमा परीक्षण बढाउनुको विकल्प छैन ।

मूल सीमा नाकाबाट सहज तरिकाले मानिसहरुलाई आउन नदिँदा चोर बाटोबाट छिर्छन् र जोखिम झन् बढ्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले पहिले सीमामा आइसकेका र आउनसक्ने भारतमा रहेका प्रवासी नेपालीहरु र त्यसपछि विभिन्न ठाउँमा रहेका नेपालीहरुका समस्यामा ध्यान केन्द्रित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

बाराको कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु, सातजना पक्राउ

बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च