बाँदर मतिको ओली सरकार, लिपुलेक भारतलाई बुझाउने मतियार



शेखरजंग रायमाझी ।
संसार सुतेको पनि होईन, समय रोकिएको पनि होईन । देशमा सरकार नभएको पनि होईन, सरकार कुम्भकर्ण निद्रामा परेको त झन् हुँदै होईन । सरकार जागाज्योति नै रहीरहेकै बेला, सरकारले मै हुँ नेपालको नयाँ बादशाह भनेर नथाकीरहेकै बेला, सरकारले आफू सबैभन्दा व्यस्तता दर्शाईरहेका बेला पनि देशको भूमिमा परचक्री पाउ परेका छन् । नेपालको धर्तीमा विदेशीका सडक बनेका छन् । देशको माटोमा, देशका पहाडमा, खोँच र पाखा पर्वतमा विदेशीका ग्रीनेट र व्लाष्टिनहरु पड्केका छन्, डोजर चलेका छन् ।

अर्थात् देशमा दुई तिहाईको वामपन्थी सरकारको जगजगी भैरहेका बेला, अझ राष्ट्रवादको पगरी पाएर आफूलाई नयाँ युगको युगनायक भनी दाबी गर्ने कम्युनिष्ट क्रान्तिकारी केपी ओलीको शक्तिशाली सरकारको पालामा नै देशमा भारतीय हैकमवाद हावी भएको छ, त्यो पनि दिनदहाडै डनगिरी शैलीमा । नेपाली भूमिमाथि एकतर्फी हैकम चलाएर भारतीय सडक बनेको छ । अर्थात् नेपाल फेरि छिमेकीको बिस्तारवादको शिकार भएको छ । नेपालको सबैभन्दा शक्तिशाली भनिएको सरकारको पालामा नै नेपालको लिपुलेकमा भारतको मानसरोवर जाने राजमार्ग अधिकाँश त बनिसकेको छ, बनिरहेको छ।

नेपालको सबैभन्दा शक्तिशाली भनिएको सरकारको पालामा नै नेपालको लिपुलेकमा भारतको मानसरोवर जाने राजमार्ग अधिकाँश त बनिसकेको छ, बनिरहेको छ।

जसको बिहे, उसैलाई देख्न नदिए झैं गरेर भारतले नेपालको लिपुलेक हुदै तिव्वतको मानसरोवर जाने सडक मार्ग बिस्तार गरिरहँदा उसले नेपालको भुमि मात्रै अतिक्रमण गरेको छैन, नेपालको स्वतन्त्रता र सार्वधौमिकता माथि नै खुल्लमखुल्ला धाबा बोलेको छ । नेपालको भूगोल, जीवन र अस्तित्वलाई ललकारेको छ । नेपाल ईतिहासदेखि आज पर्यन्त कसैको गुलाम बनेन्, दास रहेन, तर वर्षैसम्म वेलायतको दास बनेको उही भारत अहिले नेपालमाथि निर्लज्ज दादागिरी गरिरहेको छ ।

उदेकलाग्दो कुरा सन् २००५ बाट हालको सडक एकतर्फी बनाउन सुरु गरेको भारतले कालापानी क्षेत्रमा दशकौंदेखि हस्तक्षेप गर्दै आएको तथ्यमा वर्तमान केपी ओली सरकार जानकार थियो । तर यस्तो लामो समयदेखिको डाईरेक्ट भारतीय थिचोमिचो र दादागिरी विरुद्ध ओली सरकार कानमा तेल हालेर बस्यो र समस्या समाधानमा सिन्को पनि भाँचेन । जनस्तरबाट कालापानी र लिपुलेकमा भएको भारतीय हस्तक्षेपको तीव्र विरोध हुदा के के न गर्ने झैं गरेर कडकिने सरकार अहिले भारतीयले सडक नै बनाईसक्दासम्म लत्रेको लत्र्यै छ । यसले सरकारको सीमा रक्षा नीति र प्रयत्न बेकार र निरर्थक देखिएको छ । जनता जाग्दा बुरुक्क उफ्रेर क्रान्तिकारी बन्ने अनि चुपचाप बस्ने ओली सरकारको नीतिले निम्नानुसारको लोककथालाई चरितार्थ गरेको छ ।

लोककथा अनुसार अरण्य (जंगल) देशको शासन–सत्ता सिंहले चलाउँदै आएको रहेछ । एकदिन बाँदर, स्याल, फ्याउरो, खरायो, भ्यागुुतो, मृगलगायतका बहुजनावर मिलेर सिंहको ठाउँमा बाँदरलाई नयाँ शासक चुनेछन् ।बाँदरले सत्ता सम्हाले लगत्तै हिंस्रक बाघले मृगको पाठो समातेर ओढारभित्र हुलेछ । यो घटनाले अरण्य देशमा हाहाकार मच्चिएछ । राष्ट्रिय संकट आइलागेछ । पाठाको जीवनरक्षाका लागि सबैले बाँदरसँग अनुनय–विनय गरेछन् । पाठाको रिहाइको माग गरेछन् । बाँदर पनि आफ्नो अहम् दायित्व सम्झेर यो रुख र त्यो रुख गर्दै हाँगा–हाँगामा हाम्फाल्न र कराउन थालेछ । एवं रितले १८ घण्टा व्यतित भएछ ।
बहुजनावरले आक्रोश पोख्दै बाँदरलाई भनेछन्– तपाईं त हामीले चुनेको अभिभावक हो । पाठाको जीवनरक्षाका लागि केही न केही त गर्नोस् ।

लामो समयदेखिको डाईरेक्ट भारतीय थिचोमिचो र दादागिरी विरुद्ध ओली सरकार कानमा तेल हालेर बस्यो र समस्या समाधानमा सिन्को पनि भाँचेन

दिनभरि खटेका कारण थाकेको बाँदरले माथि (रुख) बाटै रिसाउँदै जवाफ दिएछ –के म त्यत्तिकै खाली बसेको छु ? देख्नुहुन्न, दिनभरि खटिराखेको छु ! समस्या समाधानका लागि प्रयास जारी राखेको छु !

हो नेपालको भूगोल रक्षाको मामला ओली सरकारका लागि यही लोककथाको चरितार्थ मात्रै भैरहेको छ । जंगलको राजा सिंहले बाँदरलाई हराएको मृग खोज्न आदेश दिएर आफू चाहि कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो नालायकी मात्रै देखाईरहेको छ । सिंहको अगाडि बाँदर रुखको एउटा हाँगोबाट अर्को हाँगोमा हाम फाली रह्यो भने झैं भारतले नेपाली भुमिमा अनाधिकृत सडक नै बनाईसक्दा पनि ओली सरकार पार्टी बिबाद, स्वास्थ्य सामाग्री खरीदमा अनियमिमतता आदिमा मस्त रहयो । जसरी कथामा लामो समयसम्म यहि क्रम दोहोर्याएपछि सिंहले बाँदरलाई भन्यो, यस्तो पाराले मृग फेला पर्छ त ?बाँदरले सिंहलाई जवाफ फर्कायो, मृग फेला परे पनि नपरे पनि मैले भागदौडमा कुनै कमी राखेको छैन।

हो, कालापानी र लिपुलेक लगायतको नेपालको सीमा रक्षाको मुद्धामा वर्तमान राष्ट्रवादी भनाउदो ओली सरकारको रवैया बाँदरको भन्दा भिन्न छैन।दक्षिणले नेपाली मृग (भूभाग) खाएको खायै छ, दिनप्रतिदिन । आफूलाई सिंह ठान्ने जनताले मृग खोज्न बाँदरलाई जिम्मा लगाए। बाँदर आफ्नै हाँगोमा फाल हालेको हाल्यै छ । मृग फेला पार्ने कुनै गुञ्जायस छैन । अर्थात् यो सरकारले सीमा बचाउन माखो मार्न सकिरहेको छैन ।

लिपुलेकमा भारतीय हस्तक्षेपको पछिल्लो रवैया निन्दनीय, आपत्तिजनक र कानूनतः आपराधिक छ। एक सार्वभौम राष्ट्र हौ भन्ने कुरा देखिने र अनुभूत हुने गरी सरकारले भारतीय हेपाहा हैकमवादको जवाफ दिन सक्नुपर्छ । सीमा विवादका बारेमा नेपालले अधिकतम कोसिस गरेको नेपाली मिडियामा मात्रै हो, भारतीय सत्ता र सरकारको तहमा, कुटनीतिक च्यानलमा कही परिणाम देखिएको छैन । भारतले नोभेम्बर ४, २०१९मा नेपाली भूभागसमेत राखेर नक्सा जारी गर्नासाथ परराष्ट्र मन्त्रालयले वक्तव्य निकाल्यो, झारा टारेर त्यो मुद्धा त्यत्तिकै बिर्सियो । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति बनाएको नाटक गरे, कुरा त्यही बिलायो । परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताका लागि दुई पटक प्रस्ताव गरयो, तर ती सबै प्रश्ताव भारतका सामु निरर्थक साबित गरिए ।

२०१९मा नेपाली भूभागसमेत राखेर नक्सा जारी गर्नासाथ परराष्ट्र मन्त्रालयले वक्तव्य निकाल्यो, झारा टारेर त्यो मुद्धा त्यत्तिकै बिर्सियो । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति बनाएको नाटक गरे, कुरा त्यही बिलायो

भारतले महकालीमा नेपालको सीमाभित्र सडक बनाएको मात्रै होईन, नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा खिल्ली उडाएको हो, हेपेको र तर्साएको हो । अब नेपालले केवल “भारतीय सहयोगमा निर्मित“ लेखिएको बोर्ड ठाऊँ ठाऊँमा लगाउने की भारत सामु आफ्नो लुटिएको भूमि फिर्ताका लागि वारपारको लडाई लड्ने ? यही हो बाँदरे प्रवृत्तिको ओली सरकारको यक्ष परीक्षा । सीमा विवादमा नेपालले भारतसँग गर्न सक्ने के के हो?यो सधैको मिचाहा र पिराह छिमेकको समस्याको दीगो हल के हो? के नेपालले अब सीमा विवादको अन्तर्रास्ट्रियकरण गर्ने बेला भएको हो ?

काठमाण्डुमा रहेका भारतीय राजदूतलाई सिंहदरवारमा बोलाएर स्पष्टीकरण लिनै हैसियत ओली सरकारले किन देखाउन नसकेका ? के त्यति ल्याकत छैन ओलीसत्तासंग ? दर्जनौ पट्क झिनामसिना बिषयमा भर्चुअल र टेलिफोनिक सम्वादमा रहेका ओली भारतीय प्रधानमन्त्री मोदीसँग लिपुलेकमा भएको मिच्याई विरुद्ध किन सिधा संवाद गर्न हिच्किचाईरहेका छन् ? के नेपालले अब विवादीत सबै सीमा क्षेत्रहरुमा नेपालको आफ्नै सैन्य पोस्ट राखेर आफ्नो सीमा आफै जोगाउने पहल गर्ने बेला भएको होईन ? सीमामा पर्खाल र मिचिएका सीमा सम्मानजनक फिर्ता गर्न नसक्ने हो भने सीमा मिच्याई ओली सत्ताका लागि बाँदरलाई लिस्नो शिवाय केही हुने देखिदैन । खबरदार, यस्तो छिमेकी हस्तक्षेप र मिच्याईं अब सहेर बस्न हुन्न देशभक्त स्वाभिमानी जनताले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण

यी हुन् लखपतिदेखि करोडपतिसम्मका मन्त्री

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको