सहअस्तित्वमा बुद्धत्व



डा. गोविन्दशरण उपाध्याय ।

बुद्ध पूर्णिमाको अवसरमा हामी सबैलाई शुभकामना | सिद्धार्थ गौतमले वैदिक साधनाकै अवलम्बन गरेर बुद्ध (ज्ञानी) बनेका हुन् | बौद्ध साहित्यहरू पाली र संस्कृतभाषामा छन् | बुद्धको देशनालाई मान्ने तर वैदिक संस्कृति र संस्कारप्रति द्वेष गर्ने, संस्कृत भाषालाई मृत भन्ने, वैदिक, जैन र बौद्धहरूको एकआपसमा आस्थागत विवाद निम्त्याएर नेपाललाई युगाण्डा बनाउँन ठूलै शक्ति लागिपरेको छ | “सावधानी हट्यो दुर्घटना घट्यो” भन्ने उखान सम्झेर सहकार्य गरौँ |

वैदिक, जैन र बौद्धहरू बीच वेद, उपनिषद्, जैनआगम तथा बौद्ध-साहित्यहरूले सधैं सद्भाव तथा शास्त्रार्थको संचेतना प्रदान गर्छन् | वैदिक तथा बौद्धहरूका बीचमा चिन्तन अर्थात् सिद्धान्तमा मतभेद अवश्य छ तर भाषा, संस्कृति तथा चालचलनमा मतभेद र मनभेद दुवै छैन | धार्मिक संस्कारहरू फरक हुँदैमा मुस्लिम र इसाईको सम्प्रदायगत शत्रुतासंग बौद्ध, हिन्दू तथा जैनहरूको तुलना गर्नु नितान्त आपत्तिजनक छ |

आज नेपालमा जसरी बौद्ध र हिन्दूहरूकाबीच नाकका आधारमा घृणा सृजित गरिंदै छ, एसका विरुद्ध बौद्ध-समुदायका अग्रणीहरू प्रखररूपमा प्रतिवादका लागि उभिनुपर्छ भने हिन्दू-समुदायका पुरोहितहरूले पनि सहजरूपमा बौद्ध तथा हिन्दूको सिद्धान्तगत पार्थक्यको सम्मान गर्नुपर्छ |

आज वेद र त्रिपिटक दूवै वैश्विक सम्पदामा रुपान्तरित भएका छन् | कुनै बखत गोरू बेचेको नातो मात्र होइन नाम नै नसुनेको अमेरिकाजस्ता देशहरूमा वैदिक तथा बौद्ध देशना स्वीकार्य हुँदैछ | बुद्धलाई मान्छु भन्ने तर धर्मपद कुन भाषामा छ भन्ने समेत ज्ञान नभएका (जातिवादी र बाइबलको दलदलमा फँसेका)हरूले मात्र वैदिक संस्कृतिको विरोध गर्छन् | हिन्दूहरूले बौद्धहरूप्रति शत्रुतापूर्ण अभिव्यक्ति दिएको र व्यबहार गरेको देखिन्न |

वैदिक, जैन, बौद्ध, किरात र बोनहरूको साझा थलोका रूपमा हामीले आफ्नो राष्ट्र नेपाललाई प्राप्त गरेर गौरव गरौँ | भाषा, नाक, जाति, वर्ग, क्षेत्रका आधारमा वैदिक, बौद्ध, जैन तथा किराती परम्पराको ब्याख्या गर्नेहरू मूलत: नेपालका यी प्राचीन सभ्यताका असली शत्रु हुन् | एस्ता शत्रुहरूको सबै मिलेर बौद्धिक प्रतिकार गर्नुपर्छ |

मनभित्र बाइबल र भोट राखेर बौद्ध, हिन्दू, जैन, किराती तथा बोनहरूलाई बोक्नेहरूसंग सधैं सावधान रहौं | चर्को स्वरमा बुद्धको नाम लिंदैमा कुनै बौद्ध हुँदैन, बुद्धको देशना पालन गर्ने बौद्ध हुन्छ, वेदको उपदेशमा चल्ने वैदिक हुन्छ | म्यामारका बौद्ध धर्मगुरूले भनेका छन् “बौलाहा कुकुरलाई माया गर्नु भनेको आफ्नो लागि मृत्यु निम्त्यानु हो” अत: नेपाली सभ्यता तथा सहअस्तित्वमा खलन पुर्याउने जुनसुकै “बौलाहा कुकुर”लाई माया गर्न छाडौं | सिद्धार्थ गौतम आफ्नै प्रयत्नबाट बुद्ध बनेका थिए, उहाँमाथि कसैले ज्ञान खन्याएको थिएन | तत्थ्य बुझौं र विउझिने प्रयत्न गरौँ |

आफ्नो कल्याणका लागि ज्ञानको खोजी आफै गरौँ, प्रेरणाचाहिं त्रिपिटक, गीता, जैनागम जताततैबाट प्राप्त गरौँ | मेरो बुद्धत्व मभित्र र तपाईंको बुद्धत्व तपाईं भित्र लुकेको छ | बुद्धत्वको दायित्व आफ्नै हो | बुद्धलाई सम्मान गरौँ तर बौद्ध-चेतनाले दिएको सहअस्तित्वलाई खल्वल पार्ने बौलाहा-कुकुरको पनि प्रतिवाद गरौँ | हिन्दू, बौद्ध, जैन, किराती र बोन मिलेर हिंडौं, यसैमा हाम्रो सहअस्तित्व छ, हाम्रो गौरव छ |

बुद्ध पूर्णिमाको अवसरमा हामी सबैलाई शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब