प्रमुख विपक्षी दल नै चीर निद्रामा छ, मानौ कि देश स्वाभाविक तरिकाले अघि बढिरहेको छ



शारदाप्रसाद त्रिताल ।

देशको अवस्था र राजनीतिक नेतृत्वको गतिविधि  । प्रतिस्पर्धी विपक्षी दलहरुले सरकार असफल भइदिए आफ्नो पालो आउने थियो भनेर सरकारले गरेका राम्रा काममा अनदेखा गर्ने र अलिकति पनि गल्ति गरेमा धुवाँधार विरोध गर्ने गर्छन् । यो एक किसिमको राजनीतिक चरित्र पनि हो ।

तर सर्वसाधारण जनता र बौद्धिक समुदायले सरकार भनेको हामी सबैको अभिभावक हो त्यसैले पाइला पाइलामा सरकार सफल भइदिए हुन्थ्यो भन्ने चाहना राखेर नराम्रो कामप्रति खबरदारी गरी सरकारलाई सहि मार्गमा ल्याउन प्रयास गर्छन् । सरकार भने जनताको खबरदारीलाई आफ्नो विरोधी कित्ता ठानी वेवास्ता गर्छ वा कानूनी कारवाही गर्न तर्फ ध्यान दिन्छ ।

सत्तारुढ दलका कतिपय नेताहरु अव अर्को पटक आफ्नो पालो आउँदैन भन्ने सोचेर हो कि केहो जनताले ५ वर्ष आराम गर भनेर दिएको आदेशको उल्लंघन गर्दै झ्यालबाट छिरेर भए पनि भान्साको डाडू पुन्यौं आफ्नो हातमा लिन खोज्दैछन् ।

कोरोना भाइरसले तहसनहस पारिरहेको देशको अवस्थाप्रति सत्तारुढ दलका नेता नै यति गैरजिम्मेवार हुन्छन् भने विपक्षीहरुले के गरुन् ।

तर गज्जव त के छ भने प्रमुख विपक्षी दल नै चीर निद्रामा छ मानौ कि देश स्वाभाविक तरिकाले अघि बढिरहेको छ । चुनाव अढाइ वर्षपछि आउने त हो नि भनेर होला शायद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब