तिरस्कृतहरूको सङ्घर्ष



डा. गोविन्दशरण उपाध्याय ।

करोनाले पूँजीवाद, समाजवाद र साम्यवादीको हैसियत प्रष्ट भएको छ | खासगरी नेपालमा करोनाको कहरमा पनि तथाकथित समाजवाद-उन्मुखहरूको चरित्र उदाङ्गो भएको छ |

पटकपटक देशको सर्वोच्च पदमा बसेका मान्छेहरूको गतिविधि देख्दा र सुन्दा घृणा, वितृष्णा र आफैमाथि दया वाहेक केही लाग्दैन | अब पनि इनै प्रवृत्तिको विश्वास गरिरहने हो भने पशुपतिनाथले पनि नेपालीहरूको दुर्भाग्यलाई रोक्न सक्ने छैनन् | आजभोली त घृणावादीहरूको जमात देखेर दया लाग्न थालेको छ आवरण पहिचानको भएर केही नाप्दैन |

युटोपियामा जनतालाई लठ्ठ पार्ने साम्यवाद, जनतालाई खान दिएर नोकर बनाउने पूँजीवाद र सुख र समानताको सपना देखाएर, फकाएर बलियाहरूले मोज गर्ने समाजवाद कस्तो विश्व-परिवेश बनाएको छ, तेसको सानो प्रतिविम्व नेपाली राजनीतिमा प्रष्ट देख्न, भोग्न र अनुभव गरिंदै छ | सत्यले पोल्छ, पोले पोलुस् |

मुकुण्डो जे\जस्तो होस्, अहिलेको पूँजीवाद, साम्यवाद, समाजवाद यी सबै नेपाली जनतालाई विकासको सपना देखाएर ब्याक-मेलिंग गर्ने सिद्धान्त हुन् भन्ने कुरा अव पनि चिच्याएर भन्न पर्छ र ? आफु सत्तामा हुँदा सिन्को नभाच्ने तर वाहिर आएपछि देश र जनता देख्नेहरूप्रति जनताको घृणा र बितृष्णा छताछुल्ल भैसकेको अवस्था छ |

जताततै असफल भएकाहरूले जनताहरू बीच जातीय, नस्लीय, भौगोलिक तथा भाषिक आधारमा कित्ताकाट गरेर आफ्नो राजनीति चम्काउने प्रयत्न गरिरहेका छन् | विदेशी प्रतिमानको सिद्धान्त र नेपालीप्रति कठोर घृणा वोकेर हिड्ने पनि डाक्टर नै छन्, नेपाललाई माया गरेर वैश्विकतहमा पुर्याउने सोचका साथ अगाडी बढ्ने पनि डक्टर नै हुन् | घृणावादलाई बहिष्कार गर्ने चेतना बढ्दै जाँदा घृणावादी डाक्टरहरू आफै पन्छिने छन् |

अव नेपाली जनतासंग विकल्प खोज्ने वेला छैन | एक चोटी सत्ताको सुख भोगेकाहरूलाई नै विकल्प ठान्नु पुनश्च आत्मघाती नै हुनेछ | तेसैले अवको विकल्प नै निर्विकल्प हुनुपर्छ | नेपालको मौलिकतामा आधारित सिद्धान्त वारे अव नेपाली जनताले सोच्नुपर्छ र स्वीकार गर्नुपर्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब