असफल ओलीसत्तासँगै सकियो गणतन्त्रको औचित्य



शेखरजंग रायमाझी ।
दुईतिहाई बहुमतको नेकपाको वर्तमान सरकारले कोरोना महामारीको बीचमा सत्ता परिवर्तनको जुन घृणित खेल अहिले खेलिरहेको छ, यसले सरकार मात्रै होईन, व्यवस्था नै परिवर्तन गर्नुपर्ने र देशलाई राजासहितको हिन्दू प्रजातान्त्रिक शासन प्रणालीमा फर्काउनुपर्ने आवश्यक्तालाई पुनः पुष्टि गरेको छ । अब देशमा एकदलीय कम्युनिष्ट तानाशाहीको असफल अभ्यासलाई बिस्थापित गरेर देशबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई नै बिदा गर्नुपर्ने बेला आएको छ । यो सरकारको परिवर्तन मात्रैले देशको आवश्यकता र जनताको चाहना पुरा हुनेछैन् । त्यसैले सरकार होईन, शासनसत्ता र व्यवस्था परिवर्तनका लागि सबै राष्ट्रवादी शक्ति एकजुट भएर यो भित्रभित्रै धमिरा लागेको शासन व्यवस्थाको विकल्पमा सडकमा उत्रनुपर्ने आजको आवश्यक्ता हो ।

१.भ्रष्ट ओलीतन्त्र देशलाई बोझः अहिले केपी ओली सरकार गाउँ गाउँमा सिंहदरवारको नाममा स्थानीय तहलाई भ्रष्टाचारको अखडामा रुपान्तरण गरिरहेको छ । लोकतन्त्रका नाममा यो भ्रष्ट ओलीतन्त्र स्थानीय, प्रदेश र केन्द्रमा हालीमुहाली गरिरहेको छ । लोकतन्त्रका छाता ओढेर भ्रष्टाचारको नाँगो नाच देखाउने ओली सरकार देशलाई कंगाल र जनतालाई बेहाल बनाउन मात्रै केन्द्रीत रहेकोले यसको औचित्य सकिएको छ अब ।

अहिलेको ओली सरकार भ्रष्टाचारको संरक्षक र प्रवद्र्धक बनेको छ । कोरोना भाईरस महामारीको बेला स्वास्थ्य सामाग्री खरीद गर्दा नै १० औं गुणा बढी मुल्यमा आफ्ना मान्छेलाई ठेक्का दिएर यो सरकारले महामारीलाई पनि कमाउने मौका बनाएको छ । भ्रष्टाचारकै आरोपमा गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए भने हेलिकप्टर दुर्घटनामा मारिएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि वाईडवडी जहाज खरीद प्रकरणमा भ्रष्टाचारमा मुछिएका थिए । वालुवाटार काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड जस्ता काण्डैकाण्डको पर्याय हो ओली सरकार । केपी ओली सरकार विरोधी पार्टीका साँसद अपहरण गर्ने काम आफ्नै साँसदहरु र पूर्व आईजीपीलाई दुरुपयोग गरेर गरिरहेको छ । आफैं दुईतिहाई बहुमतमा रहेका प्रधानमन्त्री ओली विपक्षी साँसद अपहरणको असफल हर्कत गर्छन । यो सत्ताको गुण्डाराज अब बिस्थापित गर्नैपर्छ ।
२. दलीय राष्ट्रपति, व्यवस्थाको खारेजीको आधारः राजा सबका साझा र बिबादभन्दा माथि रहने नेपाली परम्परामा गणतन्त्रका नाममा पार्टीतन्त्र हाबी भयो । अहिले केपी ओली राष्ट्रपतिलाई गैरसंवैधानिक र गैर आचरणका काम गर्न लगाउदै राष्ट्रपति संस्थालाई सबैभन्दा बदनाम र झल्लु बनाउने उल्लु काममा दुरुपयोग गरीरहेका छन् । सहयात्री नेपाली काँग्रेस बिनाको संवैधानिक परिषद गठन गर्न असफल अध्यादेश राजनीति गरेर उनले आफ्नै खुट्टामा बन्चरो हानेका छन् । दलभित्र र बाहिरको विश्वास गुमाउदै गएका छन् । काँग्रेस, नवगठित जनता समाजवादी दल र राप्रपा समेत सरकारको बिरोधमा गएको पछिल्लो अवस्थाले सरकार मात्रै होईन व्यवस्था नै खारेज गर्नुपर्ने आवश्यकता प्रमाणित भैसकेको छ ।

ओली सरकार दुईतिहाई बहुमतको चरम दुरुपयोग गरेर सर्वसत्तावादी र स्वच्छाचारी बन्दै जादा राष्ट्रपति सरकारको रबरस्टाम्प बन्नुले राष्ट्रपति संस्थाकै औचित्यमाथि प्रश्न उठेको छ । उसले गत सोमवार जारी गरेर शुक्रवार खारेज गरेका दुई अध्यादेश ओलीसत्ताको निरंकुश सत्ताको नयाँ असफल अभ्यास थियो । तर पार्टीभित्रै र बाहिरको चर्को दबाबले ऋध्यादेशको लिस्नोबाट ओलीको निरंकुशता नजन्मदै तुहियो । ओली सरकार मै खाउँ मै लाउँ, सुख सयल वा मोज मै गरौं भन्ने एकाँकी निरंकुश चरित्रको पर्याय भएकोले जनताको नाममा कमाउने धन्दामा लागेको सरकार अब जनताको आवश्यक्ता होईन ।

३.कम्युनिष्टका नाममा एकतन्त्रीय निरंकुशताः जनभावनाको कदर गर्न त परै जाओस ओली सरकार आफ्नै पार्टीकोसम्म कदर गरेर चल्न सकेको छैन् । नेकपाभित्र पछिल्ला दिनमा चलेको सरकार विरोधी ताण्डव त्यसैको उदाहरण हो । केपीओली बाहेक नेकपा शक्ति नै ओलीराजका विरुद्ध लागेकोले यसको औचित्य समाप्त भएको स्पष्ट छ । अहिले केपी ओली पार्टी अध्यक्ष पनि आफैं, मन्त्रीमण्डलमा पनि आफ्ना अन्ध समर्थक र धुपौरेहरुलाई मात्रै स्थान दिईरहेका छन् । नाममा नेकपाको तर असलीयतमा केपी ओलीले आफ्नो गुट र टुकडीको सरकार मात्र चलाईरहेका छन् । पार्टीले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने गरी गरेको निर्णयलाई उनले धज्जी उडाउदै बिना साँसदका अलोकप्रिय व्यूँरोक्रयाट डा. युवराज खतीवडालाई अर्थमन्त्री बनाएर एकमनावादी ओलीवादको नग्न नमुना र पार्टी निर्णयको उपेक्षा देखाईरहेका छन् ।

प्रधानमन्त्री ओली वा कुनै पनि मन्त्री कोरोना महामारीमा जनताले पाएको दुखप्रति संवेदनशील छैन्न । केबल कुर्सीमा बसेर कमाउने ध्याउन्नमा केन्द्रीत छन् ।अहिले केपी ओली पार्टी र सरकारको सत्ता आफ्नो बिर्ता बनाउने प्रयाशमा छन् ।अहिले केपी ओलीको सत्ता पार्टीलाई दिनदिनै हरेक मुद्धामा बदनाम र बिबादमा फसाउने सरकारी खुफिया जस्तो भएको छ । जनता र पार्टीको मत्लव छैन, आफू मात्रै हिरो हुने छदमभेषी र संकीर्ण प्रवृत्तिले वर्तमान ओली सरकार आफ्नो खुट्टामा आफै बन्चरो हान्ने कालीदासपथमा रहेकोले यसको औचित्य सकियो । पार्टीले सरकार चलाउने होईन की सरकारले पार्टी चलाउने उलटो ओली अभ्यास निरंकुशताको नयाँ प्रयाश हो ।

४.राष्ट्रवादको नक्कली मुकुण्डोः २०७२ को भूकम्पपछिको नाकाबन्दीकालमा देखिएको ओलीको राष्ट्रवादी छबी सत्तामा पुग्ने छद्मभेष रहेको प्रमाणित भैसकेको छ । केपी ओलीको अहिलेको सरकार ईतिहासदेखि नेपालकै रहँदै आएको कालापानी भारतले आफ्नो नक्शामा पारिसक्दा पनि त्यसको विरोध गर्न सकिरहेका छैन्न । जसो जसो भारत उसै उसै जिहजुरी गर्दैमा केपीओेलीको नक्कली राष्ट्रवादको मुकुण्डो उदाँगो हुदैछ ।

देशभित्र पार्टी र अन्य दलसंग शान्ति, सहकार्य र मेलमिलापको राजनीतिका लागि बिफल ओली सरकार भ्रष्ट, बिद्रुप र कप्टी तथा संकीर्ण र निकै राक्षसी चरित्रको पर्या भएको छ र त्यसका खलनायक भैरहेका छन् केपी ओली । नक्कली राष्ट्रवादी र दानवीरको मुकुण्डोमा राज्यदोहन गर्नेहरुको घेराबन्दीमा परेर देशलाई लुटको अखडा बनाईरहेका छन् केपी ओली । केपीओली विचौलियाहरुका सरकारका नाईके मात्रै साबित भएका छन् ।त्यसले असफल सरकार र शासनको औचित्य सकिएकोले अब यसको विकल्पमा सबै जनताले राजासहितको प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापनाका लागि पुनः एकपटक निर्णायक संघर्ष गर्नु आज समयको माग हो ।
रायमाझी पुनरुत्थानवादी शक्ति नेपालका संयोजक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा