वाह, त्यो जनताको मनमोहन अधिकारी सरकार, छ्या यो ओली सरकार



ज्ञानबहादुर क्षेत्री ।
नेपालको पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री स्वं मनमोहन अधिकारीको २१ औं जन्मजयन्तीको अवसरमा देशमा उनै नेतृत्वको नेकपाको दुई तिहाई बहुमतको सरकार देशको शासनसत्तामा हुनु निकै ऐतिहासिक सुखद संयोग हो । नेपालमा आफ्नो गाउँ आफै बनाऔं, वृद्ध भत्ता, विधवा भत्ता जस्ता कैयन लोककल्याण्कारी कार्यक्रम संचालन गरेर जनताको मनमनमा बास गरेका मनमोहन अधिकारीको जम्मा ९ महिने सरकार र अहिलेको केपी अ‍ेलीको अढाई वर्षे शासनको तुलनात्मक अध्ययन गर्दा कहाँका मनमोहन कहाँका ओली भन्ने अवस्था छ । त्यसका पर्याप्त आधार र कारणहरु पनि छन् ।

१. २०५१ को मनमोहन अधिकारीको पहिलो नेपाली कम्युनिष्ट सरकार जे भन्थ्यो, त्यही गर्दथ्यो । उसले गाउँ गाउँको विकासका लागि सिधै गाविसलाई ३ लाख दिएर गाउँमा विकास र सम्वृद्धिको नयाँ क्रान्ति सुरु गरयो । अहिले केपी ओली सरकार गाउँ गाउँमा सिंहदरवारको नाममा स्थानीय तहलाई भ्रष्टाचारको अखडामा रुपान्तरण गरिरहेको छ । यो भ्रष्ट ओलीतन्त्र स्थानीय, प्रदेश र केन्द्रमा हालीमुहाली गरिरहेको छ । तर मनमोहन सरकार वेदाग र स्वच्छ सरकार थियो ।

२. मनमोहन अधिकारी सादा जीवन र उच्च विचारका राजनेता थिए । तत्कालिन राजा वीरेन्द्र र अर्को जनआन्दोलनको सहयात्री दल नेपाली काँग्रेसको विश्वास जितेर मनमोहन अधिकारीले सबैको साझा नेता, राजनेताका रुपमा वाम सत्ताको नेतृत्व गरेका थिए ।
तर अहिले केपी ओली राष्ट्रपतिलाई गैरसंवैधानिक र गैर आचरणका काम गर्न लगाउदै राष्ट्रपति संस्थालाई सबैभन्दा बदनाम र झल्लु बनाउने उल्लु काममा दुरुपयोग गरीरहेका छन् । सहयात्री नेपाली काँग्रेस बिनाको संवैधानिक परिषद गठन गर्न असफल अध्यादेश राजनीति गरेर उनले आफ्नै खुट्टामा बन्चरो हानेका छन् । दलभित्र र बाहिरको विश्वास गुमाउँदै गएका छन् ।

३. मनमोहन अधिकारीको सरकार भ्रष्टाचारको काण्डहरुबाट बिल्कुल टाढा र निष्कलंक थियो । तर अहिलेको ओली सरकार भ्रष्टाचारको संरक्षक र प्रवद्र्धक बनेको छ । कोरोना भाईरस महामारीको बेला स्वास्थ्य सामाग्री खरीद गर्दा नै १० औं गुणा बढी मुल्यमा आफ्ना मान्छेलाई ठेक्का दिएर यो सरकारले महामारीलाई पनि कमाउने मौका बनाएको छ । भ्रष्टाचारकै आरोपमा गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए भने हेलिकप्टर दुर्घटनामा मारिएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि वाईडवडी जहाज खरीद प्रकरणमा भ्रष्टाचारमा मुछिएका थिए । वालुवाटार काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड जस्ता काण्डैकाण्डको पर्याय हो ओली सरकार ।

४. आफूभन्दा माथि देश र जनतालाई तथा पार्टीलाई शिरमा राखेर सत्तामा गएका थिए मनमोहन अधिकारी । तत्कालिन नेकपा एमालेका पहिलो अध्यक्ष अधिकारीले आफू सरकारमा जानासाथ पार्टी महासचिव माधव नेपाललाई सरकारमा उपप्रधान तथा रक्षामन्त्री बनाएका थिए भने नेता वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टीको काम जिम्मा दिएका थिए । पार्टी र सरकारको काममा टीम भावनाको उदाहरण देखाएका थिए मनमोहनले, व्यक्तिवादको नग्नता देखाउँदैछन् ओलीले ।

तर अहिले केपी ओली पार्टी अध्यक्ष पनि आफैं, मन्त्रिमण्डलमा पनि आफ्ना धुपौरेहरुलाई मात्रै स्थान दिईरहेका छन् । नाममा नेकपाको तर असलीयतमा केपी ओलीले आफ्नो गुट र टुकडीको सरकार मात्र चलाईरहेका छन् । पार्टीले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने गरी गरेको निर्णयलाई उनले धज्जी उडाउदै बिना साँसदका अलोकप्रिय व्यूँरोक्रयाट डा. युवराज खतीवडालाई अर्थमन्त्री बनाएर एकमनावादी ओलीवादको नग्न नमुना र पार्टी निर्णयको उपेक्षा देखाईरहेका छन् ।

५. मनमोहनको सरकारले छोटो समयमा धेरै राम्रा काम गर्यो । तर अल्पमतको सरकार भएका कारण ९ महिना भन्दा टिक्न सकेन । तर ओली सरकार दुईतिहाई बहुमतको चरम दुरुपयोग गरेर सर्वसत्तावादी र स्वेच्छाचारी बन्दै छ । उसले सोमवार जारी गरेर शुक्रवार खारेज गरेका दुई अध्यादेश ओलीसत्ताको निरंकुश सत्ताको नयाँ अभ्यास थियो । तर पार्टीभित्रै र बाहिरको चर्को दबाबले ऋध्यादेशको लिस्नोबाट ओलीको निरंकुशता नजन्मदै तुहियो ।

६. ओली सरकार मै खाउँ मै लाउँ, सुख सयल वा मोज मै गरौं भन्ने एकाँकी निरंकुश चरित्रको पर्याय हो । तर मनमोहनको सरकार पहिलो जनता र राष्ट्रको हित र भलोका लागि केन्द्रीत हुन्थ्यो ।

७. केपी ओली सरकार विरोधी पार्टीका साँसद अपहरण गर्ने काम आफ्नै साँसदहरु र पूर्व आईजीपीलाई दुरुपयोग गरेर गरिरहेको छ । आफैं दुईतिहाई बहुमतमा रहेका प्रधानमन्त्री ओली विपक्षी साँसद अपहरणको असफल हर्कत गर्छन । तर मनमोहनको सरकार विपक्षीको लागि आखाँमा राखे पनि नबिझाउने गरी सत्ता संचालन गर्ने गर्दथ्यो । उसको लोकप्रियता यत्ति धेरै थियो की सबले सरकार होस त मनमोहनको जस्तो भन्दथे ।

८.अविश्वासको प्रश्तावमा बहुमत सिद्ध गर्न असफल भएपछि प्रधानमन्त्री मनमोहन अधिकारीले सहज सत्ता हस्तान्तरण गरेर नयाँ सरकार बनाउन र संविधान २०४७ को परिपालना गर्न उदारताको उदाहरण देखाएका थिए । तर अहिले केपी ओली पार्टी र सरकारको सत्ता आफ्नो बिर्ता बनाउने प्रयाशमा छन् ।

९. मनमोहनको सरकार जनता र पार्टीको संवन्ध विकास गर्नमा नै केन्द्रीत थियो । कर्मचारीलाई विश्वासमा लिएको थियो भने सेना, प्रहरी, राजा सबको साझा र विश्वासिलो बनेको थियो । अन्र्तराष्ट्रिय रुपमा पनि सबैका लागि हाईहाई गर्ने वाम सत्ता बनेको थियो ।
तर अहिले केपी ओलीको सत्ता पार्टीलाई दिनदिनै हरेक मुद्धामा बदनाम र बिबादमा फसाउने सरकारी खुफिया जस्तो भएको छ । जनता र पार्टीको मत्लव छैन, आफू मात्रै हिरो हुने छदम्भेषी र संकीर्ण प्रवृत्तिले वर्तमान ओली सरकार आफ्नो खुट्टामा आफै बन्चरो हानीरहेको छ ।

१०. भारतसंगको १९४९ को असमान सन्धी पुनरावलोकन गर्नुपर्छ भनेर औपचारिक एजेण्डा प्रश्तुत गर्ने साहसी वाम सरकारका पहिलो नेपाली प्रधानमन्त्री थिए मनमोहन अधिकारी । उनले खुल्ला सीमा व्यवस्थापनमा भारतलाई नयाँ व्यवस्थापन गर्न भन्ने आँट गरेका थिए । तर केपी ओलीको अहिलेको सरकार ईतिहासदेखि नेपालकै रहँदै आएको कालापानी भारतले आफ्नो नक्शामा पारिसक्दा पनि त्यसको विरोध गर्न सकिरहेका छैनन् । जसोजसो भारत उसै उसै जिहुजी गर्दैमा केपी ओेलीको नक्कली राष्ट्रवादको मुकुण्डो उदाँगो हुँदैछ ।

११.शान्ति, सहकार्य र मेलमिलापको राजनीतिका पर्याय थियो मनमोहन सत्ता । तर दम्भ, अहंकार र गुटबन्दीको भद्दा पर्याय भैरहेको छ अहिले ओली सत्ता । वेदाग छवीका ईमान्दार र जनप्रेमी नेता थिए मनमोहन तर भ्रष्ट, बिद्रुप र कप्टी तथा संकीर्ण र निकै राक्षसी चरित्रको सत्तानायक भैरहेका छन् केपी ओली ।

१२. मेरो सम्पूर्ण जीवन राष्ट्र र जनतालाई भन्ने मान्यताका आधारमा चुनावी सभामा सामेल हुँदा हुदै कर्मभूमिमा बितेका थिए मनमोहन अधिकारी । तर नक्कली दानवीरको मुकुण्डोमा राज्यदोहन गर्नेहरुको घेराबन्दीमा परेर देशलाई लुटको अखडा बनाईरहेका छन् केपी ओली ।
त्यसकारण विश्व सर्वहारा वर्गका जनताको मुक्तिको प्रतिक हसियाँ हथौडा अंकित रातो साम्यवादी झण्डामुनी मनमोहन अधिकारी र केपी ओलीको सत्ता समान रुपमा एकै तवरले हेरिन, जोखिन लायक नै छैन । मनमोहन अधिकारी जनताका वाम सत्तानायक थिए भने केपीओली विचौलियाहरुका सरकारका नाईके मात्रै साबित भएका छन् ।

ईतिहासले मनमोहन सरकारको बिरासतमा ओलीसत्तालाई पनि देख्नु र भोग्नु खासमा नै दुखद विडम्वना नै हो । के नेकपा अब पनि ओलीको सति जादै पार्टीको दुर्गतीको शिकार बन्लाकी ओलीमुक्त नेकपा सरकारको बिकल्पमा अघि बढला ? ओलीमुक्त नेकपा सरकार गठन गर्न सकेन भने नेकपाले आफ्ना पहिलो पार्टी अध्यक्ष र प्रधानमन्त्री स्व. मनमोहन अधिकारीमाथि दिने श्रद्धाञ्जली पनि सफेद न्यायिक हुने छैन । सच्चा नेकपावादीहरुलाई चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक

आर्थिक वृद्धि लक्ष्यको आधा बराबर मात्रै हासिल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव

कतारबाट कसैको २५ ग्राम सुन ल्याइदिएका सितेन्द जब अपहरणमा परे…

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै

प्रधानमन्त्रीद्वारा मध्यपश्चिममा गौतम र पूर्वाञ्चलको उपकुलपतिमा थपलिया नियुक्त

काठमाडौँ । सरकारले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा