‘ओलीले भारतका तात्कालिन प्रधानमन्त्री मोरारजी देसाइबाट शिक्षा लिनुपर्छ’



मोहनबिक्रम सिंह ।

प्रधानमन्त्री ओलीले भारतका तात्कालिन प्रधानमन्त्री मोरारजी देसाइ बाट शिक्षा लिनुपर्ने आबश्यकता छ। जयप्रकाशको नेतृत्वको आन्दोलन सफल भएपछि देसाइको नेतृत्वमा सरकार बन्यो । तर उनको कार्यसैली अत्यन्त ब्यक्तिबादी र स्वेच्छाचारी थियो।त्यसैले त्यो कमजोर भयो र छिट्टै त्यसको पतन भएको थियो। भारत वा अन्य देशहरूमा बसेका लाखौं नेपालीहरुलाइ अनिश्चितकाल सम्म नेपालमा प्रवेशका लागी प्रतिवन्ध लगाएर बिदेशमा नै रोकेर राख्न सकिन्न।त्यसो गर्नु न ब्यबहारिक छ,न उचित नै।

भारतका सिमामा वा राजधानी सहित देशका विभिन्न स्थानहरुमा अड्केर बसेका नेपालीहरुलाइ आफ्नो गाउघरमा जान नदिएर रोकेर राख्नु ता सरकारको झन् अन्यायपुर्ण कार्वाही हो,जसकालागी सरकारले जनतालाई जबाफ दिनुपर्ने छ।कोरोना भाइरसको आतंक,बिश्वब्यापी आर्थिक संकट वा मन्दीका कारणले रोजगारीको कमि र विभिन्न देशहरुका सरकारहरुको आप्रवासीहरुलाइ देशबाट निकाल्ने नितिका कारणले समेत बिदेश स्थित नेपालिहरु नेपालमा आउने क्रम बढ्दै जानू निश्चित छ।

त्यो अवस्थामा एकातिर रेमिटान्स बाट हुने आय एकदम घटेर जानेछ भने देशमा बेरोजगारी धेरै नै बढेर जानेछ ।त्यो स्थितिको सामना गर्न सरकारले दीर्घकालीन योजना बनाउनु पर्दछ । त्यो योजना कृषिको उत्पादन र राष्ट्रिय उद्योग -धन्दाको बिकास तिरनै लक्षित हुनुपर्दछ।तर त्यो उद्देश्य पुरागर्न सरकार र प्रशासनको कार्यसैलिमा सुधार हुनुपर्छ ।

अन्यथा देशको अर्थतन्त्र र जनजीवन ध्वस्त र धरासायी हुनेछ।यो बास्तबिकता प्रति सरकार ,सबै राजनीतिक शक्तिहरु तथा देश र जनताको ध्यान जानू आवश्यक छ।हामीले आशा र कोशिश पनि गर्नुपर्दछ,कोरोना भाइरसले ल्याएको संकट नेपालको लागी अभिसाप होइन ,बरदान साबित होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ ।