ओलीतन्त्रको सर्वसत्तावादः लोकतन्त्रको उपहास



ज्ञानबहादुर क्षेत्री ।
जनताको लडाईंको उत्कर्ष थियो त्यो, जनताको संघर्षको विजयोत्सव थियो त्यो । जनताको नासो जनताले फित्र्ता पाएको युगिन दिन थियो त्यो । त्यसैले त वैशाख ११ २०६३ जनताको दिन थियो । जनता जागेर, लडेर सफल भएको दिन थियो त्यो दिन, ११ वैशाखको दिन ।
११ वैशाख २०६३ यता लगातार दोहोरिए बितेका १४ वर्षका अन्तरालमा । आज २०७७ को वैशाख ११ विश्वव्यापी कोरोना भाईरस महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि बन्दाबन्दीमा नै छ । तर के कोरोनाको बन्दाबन्दी नभएको भए पनि ११ वैशाख २०६३ को ओझ, तेज, राप र ताप जारी हुन्थ्यो त आजका दिनमा पनि ?

लकडाउनका माझ घर घरमा थुनिएका लाखौं नेपालीलाई लोकतन्त्र ल्याएको भनिएको दिनमा लोकलाई बिझाईरहेको एक कठोर प्रश्न हो यो । यो फगत प्रश्न होईन, बरु जनताले लोकतन्त्रका नाममा पाएको दलतन्त्रको कुरुप कुशासनको परिणाम हो, यो । त्यसैले २०६३ को ११ वैशाखको तेज अब जनताको उत्साह, हाँसो जितको नासो रहीरहेन २०७७ को ११ वैशाखसम्म आईपुग्दा ।

दलीय शासन पार्टीको पनि रहेन यहाँ । यदि त्यसो हुदो हो भने, दुई तिहाई बहुमतको नेकपाको केपी ओली नेतृत्वको सरकार किन आज कोरोना कहरका माझ दल फुटाउने र संवैधानिक निकायहरुमा एकल अधिकार स्थापित गर्ने अध्यादेशहरु बिजुली गतिमा ल्याथ्यो ?
यो सरकार जनताको सरकार हुदो हो भने लकडाउनका बेला किन जनतालाई घरमा बस्न आदेश दिएर आफू मस्त निन्द्रामा सिंहदरवार र बालुवाटारमा आफ्नै एकाँकी बाँसुरी बजाउनमा भुल्थ्यो ?

सरकार लकडाउनमा भोकभोकै परेका नागरिकको साहारा किन बन्न सक्दैन्थ्यो ? सरकार राजमार्गहरुमा पैदल घर फर्कीएका सयौं गरीब, दु: खी, श्रमजीवि नागरिकको सारथी किन बन्न सक्दैन्थ्यो ?किसानमा खेतबारीमा फुलेर, सडेर गैरहेका कृषि उपज किन आफै खरीद गरेर लकडाउनमा परेका जनताको घर दैलोमा पुरयाउन सक्दैन्थ्यो ?

यो सरकार जनताको सरकार हुदो हो भने लकडाउनका बेला किन जनतालाई घरमा बस्न आदेश दिएर आफू मस्त निन्द्रामा सिंहदरवार र बालुवाटारमा आफ्नै एकाँकी बाँसुरी बजाउनमा भुल्थ्यो ?

हो, सरकार छ, नेकपाको नाममा, तर देखिन्छ, नेकपा भित्र पनि केपी ओलीको वरपरहरुका टाठाबाठाहरुको हकमा मात्रै । सरकार जनताको अभावमा देखिदैन, दुखमा संगै हुदैन, अप्ठयारो, सारो गाह्रोमा पनि सरकार जनताका साथमा हुदैन । संकटमा जनतालाई काम नलाग्ने सरकार कहिलेलाई चाहियो त जनताका लागि ? लोकतन्त्र दिवसका दिन जनतालाई लोकतन्त्र आफ्ना लागि होईन, जो पुग्छ, सत्तामा उनीहरु र उनीहरुका आसेपासेहरुका लागि मात्रै हो भन्ने यो ताजा उदाहरण हो ।

हिजो २०६३ मा जनताको नासो जनतालाई फित्र्ता गर्ने राजा ज्ञानेन्द्र नागरिक भूमिकामा रहेर पनि कोरोना कहरका लागि राहत कोषमा २ करोड दान दिदैछन् । तर कुनै नेता राज्यबाट लुटने बाहेक दिने औकातमा किन देखिदैन्न ?लोकतन्त्रको नाममा सत्तामा पुगेको केपी ओली किन कोरोना विरुद्धको लडाईंमा पनि भ्रष्टाचार र कमिशनलाई बढवा दिईरहेका छन् । चिनसंग स्वास्थ्य सामाग्री खरीद गर्दा बजार मूल्य भन्दा सयौं गुणा महंगोमा स्वास्थ्य सामाग्री र औषधी खरीद गर्ने गराउने स्वास्थ्यमन्त्री भानुभक्त ढकाल किन प्रधानमन्त्री ओलीका लागि सबैभन्दा प्रिय भैरहेका छन् ? आफ्नै नाकमुनीको देखादेखीको भ्राष्टाचार ओलीका लागि किन प्रिय, स्वीकार्य भैरहेको छ ?

देशभर कोरोनाको कहरले जनता आक्रान्त भैरहेका बेला किन प्रधानमन्त्री ओलीलाई दल फुटाउने अध्यादेश ल्याएर, संवैधानिक निकायमा एकल हस्तक्षेप गरेर एकाधिकारवादी, सर्वसत्तावादी बन्ने रहर र लहड बढीरहेको छ ? पूर्वराजाको विकल्पमा बनेको राष्ट्रपति संस्था किन दलको लाचार छायाँ बनिरहेको छ ? जनताको दुःखमा चुँ बोल्न नसक्ने राष्ट्रपति संस्था संसदलाई बाईपास गरेर ल्याएका लोकतन्त्र विरोधी अध्यादेश किन क्षणभरमा स्वीकृत गर्न हतार गर्छ ?

हो, लोकतन्त्रका नाममा यहाँ कम्युनिष्टको खोल ओढेर ओलीतन्त्रको अर्को सर्वसत्तावादको अभ्यास भैरहेको छ । सच्चा कम्युनिष्टहरुको नै शीर निहुँराउने गरी यहाँ कम्युनिष्ट आतंकको नाममा व्यक्तिवादी सर्वसत्तावादी सरकारको अभ्यास भैरहेको छ । सरकार जनताको होईन, मुठ्ठीभर सनकमा चल्ने दम्भीहरुको,वाम मुकुण्डोधारीवालाको बिर्ता बनाउन खोजिदैछ । जनताको सेवा गर्ने होईन, जनताको शास लिन खोज्ने एकमनावादी सत्ताको अभ्यास भैरहेको छ ।

स्वास्थ्य सामाग्री र औषधी खरीद गर्ने गराउने स्वास्थ्यमन्त्री भानुभक्त ढकाल किन प्रधानमन्त्री ओलीका लागि सबैभन्दा प्रिय भैरहेका छन् ? आफ्नै नाकमुनीको देखादेखीको भ्राष्टाचार ओलीका लागि किन प्रिय, स्वीकार्य भैरहेको छ ?

त्यसैले लकडाउनमा देश र जनता बाधिएका बेला यहाँ कम्युनिष्ट नामधारी ओली सत्ताको एकाधिकार र सर्वसत्तावादले लोकतन्त्रको धज्जी उडाईरहेको छ । जनताको बलिदानीपूर्ण संघर्षको उपजस्वरुप स्थापित जनताको शासनको खिल्ली उडाईरहेको छ ।

तै पनि सरकारको बिरोधमा कोही किन जागा भैरहेका छैन्न ? किन ओलीतन्त्रको भ्रष्ट, जनतामारा र लोकतन्त्र सिध्याउने षडयन्त्रको विरुद्धमा जनता प्रतिरोधको आन्दोलनमा उत्रन तयार भैरहेका छैन्न ? अब जनताको शासनमाथिको अधिकार अपहरणमा पर्ने दिन आउनु अघि नै जनता फेरि आफ्ना अधिकारका लागि जाग्ने, प्रतिरोधमा उत्रने बेला भैरहेको छ । अब पनि जनता मौन, चुप रहने हो भने, पक्का छ कथित लोकतन्त्र ओलीतन्त्रको एकाधिकारवादको लाचार छायाँ बन्ने छ । ओलीतन्त्रको अतिवादी भ्रष्टतन्त्र, कुशासन र कुरुप सत्ताको विकल्प खोज्न अब, जनता जागौं, उठौं र फेरि एकपट्क लडौं । यही हो ११वैशाख २०७७ को शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण

यी हुन् लखपतिदेखि करोडपतिसम्मका मन्त्री

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको