तातो रोडमा खाली खुट्टा हिँड्दै गरेको दृश्यले छुन नसक्ने हाम्रो शासकीय मुटु कति कठोर होला ?



नारायण गाउँले ।

काठमाडौंमा एक छाक खान र सुत्नसम्म पुग्ने हो भने यो सङ्कटमा लालाबाला बोकेर हिँड्दै महेन्द्रनगर पुग्ने दुस्साहस कसैले गर्दैन ।
रत्नपार्कबाट अनामनगर पुग्न ट्याक्सी चाहिने मान्छेले तिनको मजाक उडाउनु खेदजनक छ ।
५-६ दिनसम्म हिँड्दा-हिँड्दै चप्पल फाटेर कलिला केटाकेटी तातो रोडमा खाली खुट्टा हिँड्दै गरेको दृश्यले छुन नसक्ने हाम्रो शासकीय मुटु कति कठोर होला ?

न पिउने पानी छ, न ओत लाग्ने ठाउँ छ । न केही खानका लागि पसल ख़ुलेका छन्, न गोजीमा पैसा छ । निर्जन बाटोमा हिँड्दाहिँड्दै थाकेर बस्ती नजिक पुग्दा मान्छेको गन्धले पनि मन रसिलो हुँदो हो तर त्यहाँ पनि तिरस्कार र अस्वीकृतिको नमिठो अनुभवमात्रै छ । मान्छेलाई सबैभन्दा बढ़ी मान्छे चाहिएको बेला मान्छे देखेर मान्छे परपर भाग्दै गरेको अवस्था पक्कै सामान्य होइन । बाटामैं सुत्केरी भएर पनि तातो पानीकै लागि बाटोमा लतारिँदै हिँड्नु परेको चित्र मानवतामाथिको व्यङ्ग्य हो । कोरोनाले त बाँच्न पनि सकिएला तर भोकले मरिन्छ भन्ने नभई कोही पनि यति कष्टकर यात्रामा निस्किँदैन । हिँड्दै बल्ल बल्ल घर पुग्ने बेलामा पुलमाथि राखिएको बार नाघ्न नसकेर मृत्यु भएको घटनाले पनि हाम्रो मथिङ्गल हल्लाएजस्तो लागेन ।

उदेक लाग्दो त के छ भने देशमा ‘कम्युनिस्ट’ नामको सरकार छ र पूर्व मजदुर सङ्गठनका नेता प्रधानमन्त्रीका मुख्य राजनैतिक सल्लाहकार छन् । यो चित्र त सड़कमा निस्किएका दुई चार सयको हो । यस्तो अवस्थामा गास जोड्न नसक्ने पक्कै लाखौं होलान् ।

दुःखको कुरा त ती गलित र थकित शरीर लिएर जब गाउँ पुग्लान्, गाउँका अर्का शासकले तिनलाई दिने घृणा र तिरस्कारको घाउ कति ठूलो होला ? कति पुलमा पर्खाल लगाइएका होलान् ?

पक्कै पनि तीन हप्ता देशभित्रै क्वारेन्टीन बसेर गाउँ आइपुगेको व्यक्तिलाई सोझै इटालीबाट झरेझैँ व्यवहार हुनेछ । ती शायदै आफ्नो घरसम्म पुग्न पाउलान् । घरमा तिनलाई कुरेर बसेको गरिबी, अभाव र शून्यता त छँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

पीरलोको कुरा

-डा. गोविन्दशरण उपाध्याय । आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा