पहिलो जैविक शस्त्र



डा. गोविन्दशरण उपाध्याय ।

अथ नारायणो देवस्तंं दृस्ट्वा व्यसृज्ज्वरम् |
माहेश्वरो वैष्णवश्च युयुधाते ज्वराभुवौ ||

श्रीमद्भागवतको दशौँ स्कन्धको ६३ औं अध्यायमा शिव र कृष्णको युद्धको वर्णन छ | यहाँ श्रीकृष्ण रश्री शिव दूवैले आ-आफ्ना ज्वर अस्त्रहरू प्रयोग गरेका छन् | माहेस्वर र वैष्णव नामका यी ज्वरहरू मूलतः तेस बखत प्रयोग भएका विश्वका सबैभन्दा पहिलो जैविक हतियार हुन् |

ल्यावमा विकसित गरेर भण्डारण गरिएका रोगका जीवाणुहरूलाई शत्रुमा प्रयोग गरेर रोगी बनाउने क्रिया नै जैविकहतियार युद्ध हो | शिव र कृष्णले एकअर्काको सेना उपर तेस बखत आ-आफ्ना जैविक हतियारहरू प्रयोग गरेर “ज्वरो फुटाएका” थिए |

ज्वरोलाई त्रिशिर भनिएको छ | यी त्रिशिरहरू (तीनवटा टाउका) खोकी, अवसाद र थकाई हुन् | महादेवले प्रहार गरेको जैविक अस्त्रले जाडो र निन्द्रा उत्पन्न गर्थ्यो भने विष्णुले प्रयोग गरेको ज्वरले एकदम शरीर तात्ने गर्थ्यो (दहन्निव दिशो दश) |

सन् १९१३ मा सर्वप्रथम जैविक शास्त्रको विकास गरिएको थियो भने दोस्री विश्वयुद्ध पछि महाशक्ति राष्ट्रहरू बीच जैविक अस्त्र उत्पादन गर्ने प्रतियोगिता नै चल्यो | पछि, विश्वले जैविक अस्त्रको विनाशता थाहा पाएपछि नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ भने एस विरुद्ध अनेकौं प्रतिवन्ध लगायो | आज विश्वमा के-कति जैविक हतियार छन् ? भन्न सकिन्न तर अमेरिका लगायत शक्तिराष्ट्रहरूले सन् १९९६ मा इराकमा आक्रमण गर्न जैविक हतियारको दोष लगाएका थिए |

रोगका सूक्ष्म जीवाणुहरू ल्यावमा उत्पादन गर्ने क्रिया अप्राकृतिक हुन्छ भने प्रकृतिमा अवस्थित असल र कमसल जीवाणुहरू प्राकृतिक जीवाणु भनिन्छ | प्राकृतिक रूपमा असंख्य असल र कमसल जीवाणुहरू हाम्रो वरिपरी विद्यमान छन् |

अहिलेको कोविड-१९ भाइरस प्राकृतिक हो कि ल्यावमा उत्पादन गरिएको हो ? निर्क्योल भैसकेको छैन तर यो भाइरस घातक छ भन्ने तत्थ्य विश्वले अनुभव गरिरहेको छ |

हामी सबै भाइरसको झ्याल खानामा थुनिएका छौँ | मूलत: मान्छेको जनसंख्या बढ्दै जानु र तेसले आफ्नो (मानवीय) स्वार्थका लागि प्रकृतिलाई आफ्नो खेलौना ठान्नु नै एसको मूलकारण हो – भन्नैपर्छ |

हाल विश्वलाई त्रसित बनाइरहेको कोविड-१९ पनि जैविक (जीव-विषाणू) हो र यो मानव जातिका लागि निकै घातक छ भन्ने तत्थ्य सिद्ध भएको छ | हामी मानवसंग यी विषाणुलाई जित्नुको विकल्प छैन | हार्नुको अर्थ मृत्यु हो |

एसको लागि हामीले चिकित्सकले दिएका र सरकारले लागु गरेका सबै नियमहरू नि:शर्त मान्नुपर्छ | कत्ति पनि हेल्चाक्राई गर्नुहुँदैन | साथै आफ्ना आराध्यदेवसंग यो विषाणुलाई जित्न प्रार्थना पनि गर्नुपर्छ |

यहाँ मैले ज्वरोले गरेको प्रार्थना यहाँ समक्ष प्रस्तुत गरेको छु | स्वास्थ्यका नियमहरू पालन गर्दै यो स्तोत्र सुनौं र आत्मवल बढाउँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि भयोः महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्

कसैले केही गर्नलाई डराउन पर्दैन, देशको शान्ति कायमै होस् : पूर्वराजा शाह

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । शनिबार

जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको