शङ्का गर्न मिल्ने धेरै ठाउँ छन्



नारायण गाउँले ।

शङ्का गर्न मिल्ने धेरै ठाउँ छन् । पीपीई र पर्याप्त परीक्षण कीट्स छैनन् भनेर डाक्टर सुन्दरमणि दीक्षितले भनेको पनि दुई हप्ता बढ़ी भयो । सरकारले नै यसलाई अफवाह भन्यो । आखिर त्यो सत्य रहेछ । नभए एक अर्बभन्दा बढीको सामान बजारमूल्य भन्दा चर्कोमा इमरजेन्सी खरिद गर्नुपर्दैनथ्यो होला । उतिखेरै खरिद प्रक्रिया शुरू भएको भए यसभन्दा सस्तो पर्दो हो । अझ यो दुई महिना अगाडि पहिलो केस देखिनेबित्तिकै किनिएको भए झन सस्तो पर्दो हो ।

तर जीवनभन्दा एक ढेड़ अर्ब ठूलो होइन । धेरै वटा प्रोजेक्टमा डेढ़ अर्ब त हाम्रा नेताले कमीशन नै खाने गरेको अनुमान गर्न सकिन्छ । सत्तरी करोड़ थोरै भएर त्यसभन्दा माथि गएकाले गोकुल बाँस्कोटा फसेका थिए । यो एकड़ेढ़ अर्बमा त कम्तिमा अत्यावश्यक सामान आएको छ । नाफा र कमीशन भन्ने त यस्तै अप्ठेरो ठाउँमा झन बढ़ी खान्छन् सबैले । कात्रो बेच्नेले पनि नाफा नै खोज्छ । यो हाम्रोमात्रै समस्या होइन । चिनियाँ व्यापारी आफैले पनि अहिले मेडिकल उपकरणको मूल्य बढाएका छन् । खुशी के लागेको छ भने अब कम्तिमा स्वास्थ्यकर्मीले पाउनुपर्ने न्यूनतम सुरक्षा उपकरण पनि नपाएर आफ्नो ज्यान जोखिममा पार्नुपर्ने छैन । यद्यपि यो कसरी वितरण हुन्छ र कति प्रतिशत वास्तवमैं पुग्नुपर्नेसम्म पुग्छ भन्ने ठूलो प्रश्न छँदै छ ।

अर्को प्रश्न गुणस्तरको पनि हो । स्पेन र चेक रिपब्लिक जस्ता देशले चिनियाँ किट्स गुणस्तरहीन भएकाले फिर्ता गरेका छन् । चीन आफैले यो स्वीकार गरेको छ । लाइसेन्स नभएको कम्पनीबाट किनिएकाले त्यस्तो भएको उसको जबाफ छ । हाम्रो खरिदमा ब्राण्ड नतोकिएकाले यसमा सरकार स्वयं सजग हुनुपर्छ । चीनबाटै हामीलाई सहयोग स्वरूप आउँदै गरेको किट्स गुणस्तरहीन भएकाले तिब्बतमैं रोकिएको समाचारले पनि केही शिक्षा दिन्छ । यो निःशुल्क सामान उतै रोक्ने व्यापारिक चाल पक्कै नहोला ।

किन्नु नराम्रो होइन । बरु अब चीन र भारतले दिने भनेको निःशुल्क सहयोग कसरी लिने हो भन्नेतिर सरकारलाई घचघच्याउनु पर्यो । यो विश्वको समस्या हो । आफ्नो देशमात्रै हरियो भएर हुँदैन । त्यसैले प्रायः सबै देशले यतिबेला आफ्नै स्वार्थले पनि सहयोग गर्न तयार हुनेछन् ।

पर्याप्त किट्स छैनन् भन्ने पहिल्यै स्वीकार गरेको भए अलि छिटो नियन्त्रण सम्भव हुँदो हो । कम्तिमा स्क्रब र ट्राउजरजस्ता सजिलै नेपालमैं सिलाइ हुन सक्ने सामानलाई त्यत्ति महँगो हाल्नुपर्ने थिएन । तर यी सबै यस्तो भएको भए भन्ने हाइपोथेटिकल कुरा भए । कम्तिमा किट्स आएको छ । यो स्वागतयोग्य कुरा हो । अब परीक्षण र चेनब्रेकिंगलाई व्यापक बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११