शायद देशलाई लकडाउनमात्रै गरेर चुपचाप घर बसेको भए उनी सङ्क्रमित हुने थिएनन्



नारायण गाउँले ।

आफूमा भाइरस देखिनुअघि बेलायती प्रधानमन्त्रीको सक्रियता अभूतपूर्व थियो । उनले दिनैजसो डाक्टर, वैज्ञानिक, सुरक्षाप्रमुखलगायतका सँग कोब्रा मिटिंगदेखि प्रेसमिट गर्न भ्याए । देशलाई लकडाउनमा लैजान कड़ा कानुनको आवश्यकता पर्दथ्यो, संसदबाट त्यो पनि पास गराए । लकडाउन गर्नै पर्ने अवस्थामा रोजगारी गुमाउने लाखौं मजदुरको तलब राज्यले बेहोर्न संसदको अनुमति चाहिन्थ्यो । स्वरोजगारमा रहेकाहरूलाई के गर्ने भन्ने अर्को चिन्ता थियो । ब्याङ्कको ऋण तिर्न नसक्नेदेखि व्यवसाय बन्द गर्दा कामदारको तलबभत्ता बेहोर्न गाह्रो हुने साना व्यवसायी सम्मलाई राहत दिनु जरूरी थियो ।

धेरै जसो बेलायतीहरूले होमलोन लिएका छन्, तिनलाई यो कठिन समयमा दुई तीन महिना किस्ता नतिरे पनि हुने बनाउनु थियो । दर्जनौं देशमा फसेका नागरिकलाई फिर्ता ल्याउनु थियो । पश्चिमले यस्तो भन्यो, उस्तो भन्यो भनेर नेपाली पत्रिकामा पढ्न पाइन्छ तर उनले कहिल्यै चीन या अन्य देशलाई हेपेर बोलेको यहाँ सुनिएको छैन । सबै मिलेर जीवन बचाउनुपर्ने भन्ने उनको थेगो नै थियो । धेरै जसो देशले चीनसँग हवाइ सम्पर्क तोड्दा समेत लण्डन-बेइजिंग कनेक्टेड नै थियो ।

कोही घरबाहिर निस्किन नचाहने यस्तो कठिन समयमा पाँच लाख जनताले स्वयंसेवाका लागि आवेदन दिए । यति धेरै कर्मचारी भर्ना गरेर जनताका आवश्यक काम सम्पन्न गर्न गाह्रो थियो । स्वयंसेवीका कारण अब यो धेरै सजिलो हुनेछ । तिनले आइसोलेशनमा रहेकाहरूको डेटा राख्नेदेखि फोन गरेर सहयोग र सल्लाह उपलब्ध गराउनेछन् । हरेक मोर्चामा उनी फ्रन्ट लाइनमा देखिए । गर्नुपर्ने धेरै काम लगभग सकियो ।

मुख्य कुरो त यो सामाजिक सुरक्षाका कार्यक्रम भोलि लागू हुने भन्ने होइन, शुरु नै भइसक्यो । यो एकढेड़ हप्ता बोरिस फ्रन्टलाइनमा हुने छैनन् । कोठाबाटै भए पनि उनको सक्रियता रहिरहने उनले बताएका छन् र फेरि पनि सबै नागरिकलाई घरभित्रै बसेर देशलाई सहयोग गर्न अपिल गरेका छन् । अब आफ्नै घरमा रहेकी गर्भवती प्रेमिकालाई पनि उनले केयर दिन नपाउने भए ।

शायद देशलाई लकडाउनमात्रै गरेर चुपचाप घर बसेको भए उनी सङ्क्रमित हुने थिएनन् । मलाई उनी डोनाल्ड ट्रम्पका भाइमात्रै होइन, हावा मान्छे लाग्थे । उनमा अझै पनि धेरै कमी छन् । तर, यो सङ्कटलाई जसरी उनले आफ्नो काँधमा उठाए, उनीप्रति धेरैलाई विश्वास र आदर जागेको हुनुपर्छ । उनी चाँडै निको होऊन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा