कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ?



डा. मधु घिमिरे
१. अधिकांश संक्रमित जनमानसमा यो विरामी साधारण रुघाखोकी र ठन्डीलाग्नु जस्तै हुन्छ र विस्तारै कुनै खास उपचार विधि न अपनाउँदै केही दिनमा त्यस्ता व्यक्तिहरु रोगमुक्त हुन्छन् ।
२. संक्रमित मध्ये कसै कसैलाई चाहिँ विमारीले कड़ा हिसावले च्याप्दै लग्छ र ज्वरो, खोकी र स्वासमा तकलिफ बढ्दै गएर सिकिस्त बनाउँछ ।
३. कडा विरामी अक्सर उमेर ढल्कीसकेकामा (६० बर्ष भन्दा माथि) देखिएको छ र जति धेरै उमेर भयो त्यति धेरै रोगले च्याप्दै लैजाने सम्भावना बढ्दै जाने देखिएको छ ।
४. डाईबिटिज, उच्च रक्तचाप, मुटुको रोग, दम, क्रोनिक ब्रोन्काईटिस, इत्यादि दीर्घरोगले समाएकाहरुमा पनि यो विमारीले उग्ररुप लिने देखिएको छ ।
५. अहिलेको अबस्थामा यो भाईरसले हाम्रो घर बस्ती भित्र प्रवेश पाए या नपाएको किटान गरेर भन्न सक्ने स्थिति छैन किनभने शुरु शुरुको अबस्थामा राज्यले चनाखो भएर अन्तर्राष्ट्रिय आवतजावतमा निगरानी राख्न चाहेन र राखेन ।
६. त्यसैले, अहिलेको परिस्थितिमा, देश भित्र कोभिड(१९ विमारीको संभाव्यता र निश्चितता अनुसारको परिभाषामा ( केस डेफिनिशन) परिवर्तन ल्याएर निगरानीको (सरभेल्यान्स) दायरा र परिधि फराकिलो बनाउनु अत्यन्त जरुरी छ।
७. अहिलेको अबस्थामा देशको कुनाकाप्चा भित्र यो विमारीले प्रवेश पाईसकेको संभाव्यतालाई नकार्न कसैले पनि सक्दैन ।
. त्यसैले स्वास्थ्य तथा जनसंख्या मंत्रालयले विश्वस्वास्थ्य संगठनका प्रतिनिधि र अधिकृतहरुसंग छलफल गरेर हाम्रा घर बस्ती भित्र नयां देखापरेका रुघा, खोकी र ज्वरोआएका विरामीहरुमध्येबाट र अस्पतालमा नयाँ भर्ना भएका निमोनियां तथा ब्रोनकाईटिसका विरामीहरु मध्येबाट तथ्यांकको नजरले केहीको जाँच यो नयाँ कोरोना भाईरसको लागि हुनु जरुरी छ। जाँचका सामग्रीहरु सजिलै र टाढा टाढासम्म उपलब्ध गराईनु आवश्यक छ । कोभिड(१९ हाम्रा समुदायहरु भित्र छिरिसके या नसकेको किटान गर्न यस्तो पाईला चाल्न जरुरी छ ।

आफूलाई र आफ्नालाई संक्रमणबाट बचाउन अपनाउनु पर्ने विधिहरु
१. हुलमूल हुन् नदिनोस् हुलमूलबाट टाढा रहने ।
२. ज्यादै आवश्यक नपरीकन जन यातायातको (हवाईजहाज, बस, रेल, पानीजहाज, इत्यादि) माध्यम प्रयोग गरी आवत जावत सफÞर नगर्ने ।
३. आफ्नो सहर वा गाउँमा यो विमारी भित्रिसकेको खण्डमा टेम्पो, बसको प्रयोग सकेसम्म नगर्ने ।
४. पल पलमा आफ्नो हात सावुन पानीले राम्ररी धुने वा अल्कोहलयुक्त स्यानीटाईजरले राम्रोसंग पल पलमा हात मल्ने । यसो गर्नाले आफ्नो हातबाट भाईरस पखालिन्छ र हातको बाटो गरी आँखा, नाक तथा मुख भित्र भाईरस छिर्न पाउंदैन । संक्रमणको बाटो आँखा, नाक र मुख नै हुन् ।
५. संक्रमणकाल रहुन्जेल एक आपसमा दुरी कायम राख्ने । यो भाईरस संक्रमित व्यक्तिको स्वासबाट एक मिटर वा एक गजको दुरीसम्म सजिलैसँग पुग्छ । त्यसैले खोकी वा छिउँ गरिरहेको व्यक्तिबाट कमसेकम एक मिटरको दुरीमा रहने ।
६. एक आपसको भेटघाटमा अभिवादनको निम्ति परबाट दुई हातजोडी नमस्ते वा नमस्कार गर्ने हात मिलाउनुले एउटा व्यक्तिको हातबाट अर्को व्यक्तिको हातमा भाईरस सर्ने गर्छ ।
७. आफ्नो हातले आँखा, नाक तथा मुख नछुने । त्यसो गर्नाले हातमा भएको भाईरसले शरीर भित्र प्रवेश पाउने सम्भावना कम हुन्छ।
८. स्वासप्रश्वासको सरसफाईमा ध्यान पुर्याउने । खोक्दा वा छिउँ आफ्नो कुईनाको भित्री भागले वा कुनै टिस्यूरुमालले मुख छोपेर मात्र खोक्ने वा छिउँ गर्ने । टिस्यू प्रयोग भएको खण्डमा सो टिस्यू तुरुन्त बन्द टिन वा टोकरीमा फालेर त्यसलाई अल्कोहल र ब्लीचयुक्त सलुशनले नस्ट गर्ने वा आगोले बाल्ने ।
९. आफूलाई रुघा, खोकी र ज्वरोले समात्यो र स्वासमा पनि तकलिफ महसुस भयो भने घरको एउटा कोठामा आफूलाई सीमित राख्ने । आफूले र कोठामा आफूलाई सहयोगार्थ आउने व्यक्तिहरुले सम्भव भएसम्म मुख र नाक राम्ररी छोपिने गरी मास्क लगाउने । जरुरी नभएको व्यक्तिले कोठा भित्र नपस्ने । तुरुन्त आफ्नो चिकित्सकसँग सम्पर्कमा रहेर गएका १४ दिनमा आफू कहाँ कहाँ गएको र रहेको विस्तृत व्यहोरा चिकित्सकलाई अवगत गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अध्यक्ष पद दिने समूहमा जाने’ भनेको होइनः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको विषयमा सार्वजनिक समाचारप्रति उनको

संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ

‘भ्याक्सिनबारे फेसबुकमा दुई/चार पोस्ट पढेकै भरमा नकारात्मकता फैलाउनु जरूरी छैन’

नारायण गाउँले । भ्याक्सिनका लागि धनी देश लड़िरहेको बेला भारतले नेपाललगायत केही छिमेकीलाई

थप ३०३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २०१७ पुग्यो

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य