स्वास्थ्यमन्त्रीलाई पत्रः कोरोना जोखिम नियन्त्रणका लागि कस्तो छ तयारी ?



स्वास्थ्यमन्त्रीज्यू,
कोरोनाभन्दा पनि ठूलो आपत्काल औषधि र मेडिकल उपकरणको अभावले हुनसक्ने देखियो । तत्काल देशका उत्पादकसँग छलफल गर्नुहोस् र अत्यावश्यक औषधिको कम्तिमा एक वर्षका लागि स्टक सुनिश्चित गर्नुहोस् ।

नाकाबन्दीबाट पक्कै देशले धेरै सिकेको छ । शासकले त डटेर सामना गरेको बताए तर देशमा औषधि अभावले धेरैको ज्यान गयो । जति भारतबाट छिर्यो, छिर्यो । हामीले विश्वबजारबाट एक पत्ता सिटामल किन्न पनि सकेनौं । विश्वमा पानीभन्दा डिजेल सस्तो थियो, तर एक लिटर तेल पनि किन्न सकेनौं । केही हजार लिटर अनुदानको तेल चीनबाट आयो । त्यही बाटो किनेको तेल पनि आउन सक्दो हो । तर त्यसो पनि भएन । देश ठप्प भयो । नागरिक दाउराका लागि लाइन बसे । त्यो कम्तिमा ‘डटेर गरिएको’ सामना थिएन । नाकाबन्दी अमानवीय व्यवहार भएको त बतायौं तर त्यस्तो अमानवीय व्यवहार गर्ने देशका शासकलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुको साटो आवश्यक नभएको ‘नागरिक अभिनन्दन’ गर्यौं । जसले देशभित्रै नाकाबन्दीको जिम्मा लिएका थिए तिनलाई सम्म त कानुनी कठघरामा उभ्याउन सकिन्थ्यो, तर आवश्यक नहुँदा समेत सरकारमा सामेल गर्यौं ।

एउटा बलात्कारीलाई बलात्कार गरिन्जेल सहिरहनु र बलात्कार सकिएपछि फूलमाला लगाउनुलाई डटेर गरिएको सामना भन्न मिल्दैन । त्यो बिर्सिनलायकको विगत थियो, सकियो । त्यसबाट सिकेर धेरै गर्न सकिन्थ्यो । तर, त्यतातिर कसैले सोचेजस्तो लाग्दैन ।

अहिलेको विपत्ति नाकाबन्दीभन्दा ठूलो बन्न सक्छ भन्ने सरकारले सोच्नु र त्यसका लागि पूर्व तयारी थालिहाल्नु आवश्यक छ । धेरै कुरा ढिलो भइसक्यो । धेरै देशका प्रधानमन्त्री, स्वास्थ्य र अर्थमन्त्रीहरू दिनहुँ टेलिभिजनमा देखिन्छन् । सरकारका योजना र तयारीबारे अपडेट दिन्छन् र नागरिकलाई आश्वस्त बनाउँछन् । जनस्वास्थ्यदेखि अत्यावश्यक खाद्यान्न आपूर्तिसम्मको सङ्कटलाई कुन चरणमा कसरी सामना गर्ने भन्ने चिन्ता लिएर ती रातदिन फील्डमा खटिइसके । यो सङ्कटसँग लड्न बजेट र त्यसको स्रोत पहिचान भइसक्यो । दोस्रो चरणमा यसले औद्योगिक क्षेत्रमा पार्ने असर र त्यसको सामनाका लागि लड्ने विषयमा छलफल हुनेछ ।

सुनिन्छ, यतिबेला देशमा साधारण मास्कसम्म किन्न पाइन्न । सय वटा केश एकै पटक आयो भने ‘आइसोलेट’ गरेर उपचार गर्ने पूर्वाधार छैन । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरणको अभाव छ । आज औषधि अभाव होला, भोलि ‘ग्लोबल सप्लाई चेन’ ध्वस्त हुँदै जाँदा धेरै कुराको अभाव हुन सक्छ । मन्त्री, सरकार र संयन्त्र चाहिने यो अभावसँग लड्न र विकल्प खोज्न हो, जे परे पनि सहन त किन सरकार चाहियो र ?
‘सरकार तयार छ’ भन्ने त मन्त्रीका रूपमा तपाईंले भन्नु नै होला, तर त्यही नाकाबन्दीजस्तो ‘सहन’ तयार भएर भएन । फिल्डकै तयारी चाहियो । कृपया सङ्कट नगहिरिँदै र केही गर्न नसकिने अवस्था नआउँदै केही गरिहाल्नुहोस् !

नारायण गाउँले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका