प्रचण्डसँग प्रधानमन्त्रीले भने -मिर्गौला प्रत्यारोपणका लागि पूर्णरुपमा तयार छु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटी स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् । सो क्रममा अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सम्लग्न चिकित्सकहरुसँग परामर्श पनि गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको कुनै पनि चिन्ता नलिन आग्रह गरे ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि उच्च मनोबलमा रहेको आफूले पाएको अध्यक्ष प्रचण्डले बताए । प्रधानमन्त्री ओलीले पनि आफू प्रत्यारोपणका लागि पूर्णरुपमा तयार गरेको अध्यक्ष प्रचण्डसँग बताएका थिए ।

सो क्रममा प्रधानमन्त्री ओलीको विगतमा भएको एपेण्डिसाइटको शल्यक्रियाको कुनै असर नरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले भोलि बिहान ९ बजे हुने मिर्गौला प्रत्यारोपणको लागि विदेशी चिकित्सकहरु समेत सम्लग्न रहने जानकारी पाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

एकीकृत समाजवादीले पार्टी सदस्यको सदस्यता परीक्षण गर्ने

  काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९