‘कामरेड ! केक काटेर त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने चलन कहाँबाट आयो ?’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छन् । बिहीबार पार्टीको वागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको विषयमा जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिलेसम्म आफूलाई थाहा नभएको बताएकी हुन् ।

उनले जन्मदिनमा केक काट्नुको सट्टा बत्ती बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताइन् । उनले भनिन्, ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन। होइन कामरेड! यो। त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो। नेपाल भनेको आमा हो। मैले यति मात्रै भन्न चाहेँ।’ केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिनमा बत्ती बालेर र केक काटेर नमनाउन उनले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाको आक्रोशः ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई

रास्वपाको गुनासोः हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले आफूहरुको मागको सुनुवाइ गर्नुको साटो पेलेको बताएको

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार

लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग