बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने -टेपमा बास्कोटाकै आवाज हो भन्ने प्रमाणित भएको छ र ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । पार्टीको वागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ दाबी गरेका हुन् ।

उनले भने, ’अनधिकृत मान्छेले ल्याएको टेप उचालियो। यसमा कुनै प्रमाण छैन।’ स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको प्रधानमन्त्रीले उल्लेख गरे ।

उनले भने, ’नाम जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे। भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो।’ प्रधामन्त्रीले अडियो प्रकरणमा बास्कोटाको दोष देखिए कारबाही हुने र सजाय पनि भोग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको