अन्य मन्त्रालयमा भएका नीतिगत भ्रष्टाचारका बारेमा अध्ययन गर्ने ‘छायाँ सरकार’को निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको आइतबार पहिलो बैठक बसेको छ । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको हो । पूर्वमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएका कुराहरु बाहिर आएकाले अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको नेता सुरेन्द्र पाण्डले जानकारी दिए ।

मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने बैठकमा निर्णय भएको उनले बताए । उनले भने, ‘जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।’

बैठकमा फागुन १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडी बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाँकिएको उनले जानकारी दिए ।

प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा