‘शिव र बुद्धलाई प्रतिद्वन्द्वी बनाउने चिन्तन र व्यवहारको प्रतिकार गरौँ’



डा.गोविन्दशरण उपाध्याय ।
जय शिवपार्वती श्रीशिवरात्रिको अवसरमा हार्दिक शुभकामना सरकारीस्तरबाट भेदभाव हुँदा शिवरात्रिमा भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने नेपाली तथा भारतीय भक्तजनहरूमा ठूलो कटौती भएको छ | श्रीपशुपतिनाथ नेपालका राष्ट्रदेव हुन् र श्री बुद्ध नेपालीका महान सम्पदा हुन् | नेपालीका लागि यी दुवै ऐतिहासिक मन्दिर र मान्छेको (लुम्विनी) समान सम्मान र महत्व छ र हुनु पनि पर्छ | सबैले अनुभव गरेको कुरा हो कि नेपाली होस् वा भारतीय हिन्दू तीर्थ – नेपाल सरकारले सधैं शत्रुतापूर्ण ब्यबहार गरेको तत्थ्य कसैसंग लुकेको छैन |
भिजिट वर्ष २०२० मनाउने लागेको सरकारले शिवरात्रिको अवसर पारेर नेपालीलाई आन्तरिक धार्मिक पर्यटकका रूपमा र भारतीय सहित विश्वका हिन्दूहरूलाई आध्यात्मिक पर्यटकका रूपमा श्रीपशुपतिनाथको दर्शन गर्न अभिप्रेरित गर्न सक्थ्यो, आमन्त्रित गर्न सक्थ्यो तर गरेन | लुम्विनी भ्रमणका लागि निम्तो गर्न मिल्ने तर श्रीपशुपति नाथको दर्शन गर्न नमिल्ने किन ? कारण प्रष्ट छ – सरकारले हिन्दूहरूसंग शत्रुतापूर्ण व्यबहार गर्छ | यो निकै मन दुख्ने कुरा हो | दुर्भाग्यको कुरा के हो भने सरकारको प्रतिनिधिका रूपमा श्रीपशुपतिनाथको संरक्षण गर्न बनेको “संस्थाले” विशेष दर्शन गराएर पैसा कमाउने मेलो बढी गरेको देखिन्छ |
पशुपति नाथको दर्शन गर्न आएका दर्शनार्थीहरू कहाँ र कस्तो परिवेशमा वसेका छन्, भोकै छन् कि खाएका छन् ? भन्ने समेतको कुनै लेखाजोखा छैन | पशुपति परिसरभित्र रहेको एकमात्र धर्मशाला पनि वन्द छ उता लुम्विनीमा सरकार आफै लागि परेर दिनहुँ होटल र गेस्टहाउसहरू खोल्दै छ | यही हिन्दूहरूको चित्त दुख्छ | मुक्तिनाथ, गोसाइँकुण्ड, त्रिपुरासुन्दरी, जनकपुर तथा देवघाट कहीं [पनि सरकारले हिन्दू तीर्थयात्रीको लागि कुनै पनि सहयोगी काम गरेको छैन | हिन्दू तीर्थस्थलहरूको संरक्षणका नाममा सरकारले गठन गरेका समितिहरूले हिन्दू तीर्थयात्रीहरूलाई सहयोग गर्नुको साटो असहयोग गरेको गुनासो सुनिन्छ भने कतिपय हिन्दू तीर्थस्थलको विकासमा समेत अवरोध गरेको भन्ने समाचारहरू प्रकाशित नै भएका छन् |
एकै परिवारका दूई सन्तानका बीच भेदपूर्ण व्यबहार गर्न सिकाउनेहरूले “धर्मपरिवर्तन गराउने प्रावधान हुनुपर्छ” भनेकै थिए | कुरा बुझौं | तर वि.स. २०६३ सालको परिवर्तनपछि कट्टरपन्थी मुस्लिम र इसाईहरूको शैली अनुकरण गर्दै सम्पूर्ण सरकारी तन्त्रले सनातन हिन्दू धर्मका धार्मिकस्थलसंग सौतेलो व्यबहार गरिरहेको छ |
एकातिर राज्य संयन्त्र नै लागेर बुद्धको जन्मथलो तुम्बिनी र बौद्ध तीर्थस्थलहरूको प्रचारप्रसार गरिरहेको छ भने अर्कोतिर सनातन वैदिक हिन्दू तथा जैनहरूका तीर्थस्थलहरूप्रति पूर्णतर शत्रुतापूर्ण व्यबहार गरिएको छ | श्रीपशुपति नाथको दर्शन गर्न आउने भक्तजनको वास्ता नगर्ने तर लुम्विनी भ्रमण गराउनका लागि सरकारी कोशको प्रयोग गर्नु मुस्लिमले इसाईलाई र इसाईले मुस्लिमलाई वेवास्ता गरेझैं एकदेवेश्वरवाद लाद्न खोजिएको हो |
कालान्तरमा सगोलघरका परिवारझैं मिलेर बसेको नेपाली हिन्दू-बौद्ध समाजमा कलहको बीजारोपण गर्ने आरम्भ हो | सरकारीतन्त्रमा वस्नेहरूले यो तत्थ्यलाई नियालेर बुझुन् र भगवान् बुद्धको महत्वसंगै हिन्दू तीर्थस्थलहरूको प्रवर्धन पनि गरियोस् | हिन्दूहरूसंग शत्रुतापूर्ण व्यबहारको अन्त्य होस् | शिव र बुद्ध सबै नेपालका धरोहर हुन् | एउटालाई अर्कोको प्रतिद्वन्दी (अम्वेडकरवादी घृणामूलक बौद्ध चिन्तन) बनाउने चिन्तन र व्यवहारको प्रतिकार गरौँ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण