सरकारलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसंगको छलफल पछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको काम अघि नबढाउन निर्देशन दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सरकारले गरेको प्रस्ताव प्रतिस्पर्धात्मक नभएको, लागत अनुमान यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको भन्दै समितिले त्यसबारेमा गहन अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले विषयवस्तुको गम्भीरतालाई महसुस गर्दै थप अध्ययन गरि निर्णयमा पुग्न उचित देखिएकाले अर्को बैठकमा निर्णय नगर्दा सम्मका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको समिति सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

साथै बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद र सिंगो समितिको प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने काम भएको भन्दै त्यसबारे पनि उपसमिति बनाई छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैंमा मासु मात्रै खानु स्वास्थ्यका लागि हानिकारक

चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले

निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि बढाउन पूर्वराष्ट्रपतिको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा

सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्यः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देशको शासन व्यवस्थामाथि आक्रोशित बनेका छन् । भिडियो

गोठाटार गोलीकाण्डमा संलग्न एक महिलासहित तीन जना सार्वजनिक

काठमाडौं । असोज ४ गते गोठाटारमा भएको गोली प्रहारबाट मारिएका लाल महम्मद (दर्जी)को