संसद बैठकमा गगन थापाले बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएपछि…..



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन् ।

मंगलबारको बैठकको शून्य समयमा थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटालाई व्यंग्य गरेका हुन् । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत स्वस्थानी कथामार्फत् व्यङ्ग गरेका छन् ।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू ।
चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू ।
त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।
इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको