‘विदेशीलाई अस्वीकार गर्दै स्वदेशी प्रतिमान स्वीकार गरौँ’



डा. गोविन्दशरण उपाध्याय ।
स्वदेशी, देशी र विदेशी नेपाल विश्वको सबैभन्दा विकसित चिन्तन, संस्कृति र सभ्यताको स्रोत हो तर अहिले विश्वका निर्धनतम राष्ट्रमा पर्छौं | एकातिर विश्वका अगाडी हामीले गर्व गर्ने तत्थ्य छ भने अर्कोतिर विपन्नताको ठूलो पीडा छ | नेपाल कुनै समयमा सुनको चरी थियो भनेर वितेको इतिहासमा रुल्मुलिने र निर्धनता र अशिक्षालाई हतियार बनाई सधैं सत्तासुख भोग्नेहरू विडम्वना हुन् |
नेपाललाई वैश्विकतहको अर्थतन्त्र वनाउने बाचा गर्दै २००७ साल देखि निरन्तर राजा तथा जनताले नेपाललाई भोगिरहेका छन् | उनीहरूले विदेशीको सहानुभूति र स्यावासी प्राप्त गर्न योगी नरहरिनाथहरूजस्ता निष्काम जोगीले खोजेको इतिहासलाई अस्वीकार गर्दै विदेशीको इतिहासलाई अङ्गिकार गरे | अहिलेको नेपाली विदेशीले लेखिदिएको हो, स्वदेशी नेपाल ओझेलमा पारिएको छ | अहिलेको नेपालको राजनैतिक प्रतिमान युरोप, अमेरिका अथवा गोराहरूको बैचारिक-जालको कल्पनाअनुरुप छ | म फेरी पनि भन्न चाहन्छु, कुनै पनि नेपाली नागरिकले नेपाल र नेपालीको कू-भलो चाहेको थिएन, चाहेको छैन र चाहने पनि छैन |
म फेरी पनि भन्न चाहन्छु, कुनै पनि नेपाली नागरिकले नेपाल र नेपालीको कू-भलो चाहेको थिएन, चाहेको छैन र चाहने पनि छैन |
तर २००७ देखि २०७६ सालसम्म (७० वर्ष) को लामो अवधिसम्म नेपाल अगाढी बढ्न नसक्नुको जिम्मा त यहाँ पूँजीवाद, साम्यवाद तथा समाजवादका नाममा राज गर्नेले लिनुपर्छ | भारत, पाकिस्तान, श्रीलंका,जस्ता छिमेकीको पनि हालत उस्तै छ | कारण एउटा नै – यी सबै देशहरूले युरो-केन्द्रीत राजनैतिक प्रतिमानका आधारमा राजनीति गरिरहेका छन् |
प्रकृतिले नेपाल, भारत, पाकिस्तान लगायतका देशहरूको शरीर यहींको वातावारण, जीवनशैली, सभ्यता तथा पत्थ्यसंग वनाएको तर केही सुकिलामुकिला समाजवादी तथा साम्यवादीले विदेशी व्यक्तिले, विदेशी परिपेक्षमा विकसित गरेका राज्नानैतिक प्रतिमानहरू यहाँ थोपरी “विकास”को सपना पस्कने गरेका छन् र अर्काको सपनालाई विपना ठानेर विश्वास गर्ने र वारम्वार झुक्किंदा पनि भोट दिएर जिताउने हामी गतिला छैनौँ | यो प्रवृतिमा परिवर्तन आवश्यक छ |
अर्काको सपनालाई विपना ठानेर विश्वास गर्ने र वारम्वार झुक्किंदा पनि भोट दिएर जिताउने हामी गतिला छैनौँ | यो प्रवृतिमा परिवर्तन आवश्यक छ |
म केटाकेटी हुँदा स्वदेशी, विदेशी र देशी तीनथरिका व्यक्तिको कुरा हुन्थ्यो | स्वदेशी नेपाल र नेपालसंग जोडिएको विषयवस्तु हुन्थ्यो, विदेशीको अर्थ गोरोछाला भएको मान्छेसंग हुन्थ्यो र देशीको अर्थ भारतीय भन्ने बुझिन्थ्यो | अहिलेको राजनैतिक प्रतिमानले स्वदेशी शब्दको अर्थ विदेशी शब्दले ओगटेको छ | स्वदेश, स्वदेशीका विषयमा बोल्नेहरूलाई हाम्रै नेपाली राजनीति जीवि र बुद्धिजीविहरूले विदेशीसरहको व्यवहार गर्छन् |
विदेशीले दिएका प्रतिमानहरूका सामु स्वदेशी प्रतिमानहरूको कुनै मूल्य छैन | अनि, विदेशी मूल्यसंग हुर्किएको देशीले यहाँ खेल्छ | फलत: राष्ट्रराज्यका मतियारहरूले राज्यराष्ट्रलाई सजिलैसंग ओझेलमा पार्न सफल भएका छन् | राज्यराष्ट्रको वैभवलाई जनताले बुझ्लान् भनेर उनीहरू राष्ट्रराज्यको विषयमा पनि चर्चापरिचर्चा गर्दैनन् |
यदि नेपाललाई प्राचीनकालको गौरव, वर्तमानको वाहक तथा भविष्यमा विश्वको नेताका रूपमा विकसित गर्ने हो भने विदेशी प्रतिमानको मोह त्याग्नुपर्छ र स्वदेशी प्रतिमान “राज्यराष्ट्र”प्रति स्वामित्व ग्रहण गर्नुपर्छ | जवसम्म हामीले आफ्नो सम्पत्ति वा शक्तिउपर स्वामित्व ग्रहण गर्दैनौं, उनीहरूले हामीलाई “विरालोले मूसो खेलाएझैं” खेलाइरहने छन् |
जवसम्म हामीले आफ्नो सम्पत्ति वा शक्तिउपर स्वामित्व ग्रहण गर्दैनौं, उनीहरूले हामीलाई “विरालोले मूसो खेलाएझैं” खेलाइरहने छन् |
यो कुनै भौतिक त्याग वा दानको कुरा होइन मानसिक परिवर्तनको कुरा हो | अव देशी वा विदेशीको भरमा हिड्ने समय छैन भनेर स्वीकार गर्ने परिवेश उत्पन्न भएको छ | ब्यबहारिक बुद्धिका आँखा खोजेर मनन गर्दा पुग्छ कि राष्ट्रराज्यका निर्माता र वाहकहरू समेत आफ्नै ठाउँमा अल्पमतमा परिसके | लन्डनमा पाकिस्तानी मूलका मेयर छन् |
माइक्रोसफ्टका मालिक भारतीय छन्, काठमाडौँ उपत्यकामा उपत्यका भन्दा वाहिरका मान्छे बढी छन् | एस्तो अवस्थामा देशी र विदेशी दूवैले राज्यराष्ट्रको प्रतिमान स्वीकार नगरी धरै पाउने छैनन् | अव राज्यराष्ट्रको स्वामित्व हामी नेपालीले लिन ढीलो गर्नुहुँदैन | केही युवाहरूले एसको स्वामित्व ग्रहण गरिसकेका छन् र नेपालको विश्वभरी जरोकिलो फैलाउने सङ्कल्प लिइसकेका छन् |
अव राज्यराष्ट्रको स्वामित्व हामी नेपालीले लिन ढीलो गर्नुहुँदैन | केही युवाहरूले एसको स्वामित्व ग्रहण गरिसकेका छन्
असलमा, विदेशी प्रतिमान बोकेको राष्ट्रराज्य नामक राजनैतिक जालोमा नेपाली समाज नराम्रोसंग जकडिएको छ | आज धेरैले सपना देखाउने प्रगतिवादसंग सम्झौता गरिसकेका छन् | अहिलेको गतिशील समयमा एस्ता सम्झौताहरू तोड्ने वखत आएको छ | विदेशी प्रतिमानलाई अस्वीकार गरेर यथार्थवादबाट मुक्त हुनुपर्छ |
राज्यराष्ट्रको उदात्त स्वदेशी प्रतिमानले विश्वलाई नै कुतुम्व मान्छ भने एसले विश्वको जुनसुकै कुनाबाट असल कुराहरू स्वीकार गर्ने र फैलाउने सुविधा दिन्छ भने नेपालको प्राचीन सभ्यतालाई वैश्विक वनाउन आत्मविश्वासको विकास गर्छ | पढौं, मनन गरौँ र आत्मविश्वासका साथ विदेशी प्रतिमानहरूलाई अस्वीकार गर्दै स्वदेशी प्रतिमान स्वीकार गरौँ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा