पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताको हातमाः प्रचण्ड



बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताहरुको हातमा रहेको बताएका छन् । आइतबार बाँकेको कोहलपुरमा प्रदेश नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी द्वन्द्वात्मक भौतिकवादी हौं । हामी सामाजिक, सांस्कृतिक, राजनैतिक रुपान्तरण तिर जानु पर्दछ ।’

उनले सरकार संचालन आवश्यक नीति तय गर्न र सरकारका कमजोरीलाई सच्चाउन पार्टी कमिटिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘सर्वहारा वर्ग कमजोरी नगर्ने र भैहाल्यो भने सच्याउने तर बुर्जवाहरु कमजोरी गर्ने र लुकाउने यही फरक छ ।’
पार्टी एकता जनताको भावनालाई सम्बोधन गर्न, राष्ट्रियता सुदृढ गर्न र स्थिरता कायम गर्नका लागि भएको उनको भनाई थियो ।

विगतमा पार्टी एकताको मुख्य आधार भनेको वैचारिक÷राजनैतिक भएको उनको भनाई थियो । उनले शान्तिपूर्ण प्रतिष्पर्धाबाट जनताको लोकप्रिय मत प्राप्त गरी सरकार बनाउने र समाजवाद आधार तयार पार्ने भन्ने दुबै पार्टीको राजनीतिक लाइन भएकाले नै पार्टी एकताको आधार तयार भएको बताए ।

आफूहरु सबै अहिले एउटै भएको स्पष्ट गर्दै भावना र विचार सबैबाट पछाडि फर्किए गलत हुने उनको चेतावनी थियो । अध्यक्ष प्रचण्डले नेताहरुलाई अझै एकतावद्धका लागि प्रेरित गराउन उपस्थित कार्यकर्तालाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गर्योः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श गठन आदेश खारेज

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने

‘रवीन्द्र मिश्र र बाबुरामलाई एकै ठाउँमा दाँज्नु, गुड र गोबर जस्तै हो’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही

डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य