किसिम किसिमका माननीयहरु



विष्णु रिजाल ।

सामान्यतया जनताबाट निर्वाचित संसद् सदस्यहरु, सर्वोच्च अदालतका न्यायाधीश र मन्त्रीहरुलाई सम्मान स्वरुप ‘माननीय’ (Honorable/The Honorable) भन्ने चलन विश्वव्यापी नै छ । अधिकांश मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई पनि यही सम्बोधन गरिन्छ, हाम्रोमा चाहिँ सम्माननीय (Right Honorable) भन्ने गरिन्छ ।

नेपालमा चाहिँ अनिर्वाचित, चाकडी गरेर नियुक्ति पाएका, कुनै विषय विज्ञता नभए पनि मिल्दै नमिल्ने आयोगहरुमा पुगेका, स्पष्ट शैक्षिक योग्यता वा सवैधानिक मर्यादा नभएकाहरु पनि आफूलाई ‘माननीय’ लेखाउन/भनाउन खुबै रुचाउँछन् । अझ एनजिओमा काम गरेर तुजुकका भरमा त्यसरी नियुक्ति पाएका कतिपयले त आफ्नो भिजिटिंग कार्डमै ‘माननीय’ लेख्छन्, नेम प्लेटमा पनि त्यही लेखेर टाँस्न लगाउँछन् । कहीकतै त सम्बोधन गरेर मन्चमा बोलाउँदा ‘माननीय’ भन्न छुटाएको भनेर झोक्किएको पनि देखिन्छ ।

तर, त्यस्ता महानुभावहरुलाई ‘माननीय’ भन्नुपर्छ वा लेख्नुपर्छ भनेर कतै लेखेको वा अभ्यास भएको मैले पाएको छैन ।
हामी नयाँ चलन बसाउने क्रममा छौँ । यस्ता स्वनामधन्य सम्बोधन हटाउनका लागि सरकारले आचारसंहिता बनाए आफ्ना निकायहरुलाई थितिमा राख्न मद्दत मिल्थ्यो होला । नत्र चाहिँ कार्यक्रमहरु किसिम किसिमका माननीयहरुले भरिन थाले । लाजको पसारो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा