प्रदेश दुई र पाँचका केही जिल्लाको सीमांकन परिवर्तन हुनसक्छः प्रचण्ड



नुवाकोट । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने सङ्केत गरेका हुन् ।

“प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्” उनले भने, “प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ ।”

वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पुर्याएको उनको भनाइ छ । वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै प्रचण्डले केन्द्रको राजधानी काठमाडौँबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमाङ्कनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समिति बैठक असार १५ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे