गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसद्वारा संसद् अवरुद्ध



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेकोमा संसद् अवरुद्ध गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसले फरक पार्टी र विचारको आधारमा रहेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताको लाचार छाया बनेर मुद्दा दायर भएको आरोप लगाएको छ । बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि मुद्दा दर्ता गरेको भन्दै सच्यायाउन माग गरेकी थिइन् ।

भुसालले भनाइ राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसक्रममा सभामुख अग्नि सापकोटाले थुप्रै विधेयकहरुमाथि छलफल गर्नु पर्ने भन्दै संसद् अवरुद्ध नगर्न आग्रह गरेका थिए । तर कांग्रेसले अवरुद्ध जारी राखेपछि सभामुख सापकोटाले शुक्रबार अपराह्न १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको

शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि

शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।