नेकपाको केन्द्रीय कमिटी बैठकः पार्टी पद्दतिमा नचलेको भन्दै अधिकांश नेताद्वारा नेतृत्वको आलोचना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् ।

समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । शुक्रबार समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन् ।

समूह ११ का नेता राजेन्द्र राईले पार्टी नीति पद्धतिमा नचलेको र सङ्गठनमा पार्टी नेतृत्वबाट गुटबन्दी भएको सुझाव आएको बताए । उनले प्रतिवेदनमा पार्टी विधान र केन्द्रीय सर्कुलरलाई उल्लङ्घन गरिएको उल्लेख छ । पार्टीका दिवङ्गत नेताका नाममा खोलिएका प्रतिष्ठान फाउन्डेशन, अध्ययन केन्द्र खुलेका र त्यसले पार्टीलाई फाइदा नपुर्याई गुटबन्दी बढाएकाले बन्द गर्नुपर्ने उनको समूहको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी समूह ७ का उपनेता निरज आचार्यले पनि त्यस्ता नेतापिच्छे खोलिएका प्रतिष्ठान प्रदेश, जिल्लासम्म सङ्गठन विस्तार गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गरेकाले पार्टीको विधानमा नै व्यवस्था गरेर नियन्त्रण र नियमन गर्नुपर्ने सुझाव दिइएको बताए । सरकार र पार्टीको तालमेल नमिलेको पनि प्रतिवेदनमा समेटिएको छ । सरकारका लोकप्रिय काम सञ्चालन नभइरहेका, सरकारका कार्यसम्पादनमा जनता र पार्टी सन्तुष्टि हुन नसकेको पनि सबै समूहले प्रतिवेदनमा आँैल्याएका छन् ।

बैठकमा मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) केन्द्रीय सदस्यले मिश्रित सुझाव दिएका छन् । समूह ९ का नेता चौधरीले आफूहरुले एमसिसी अगाडि बढाउन सुझाव दिएको बताए । उनले संविधान र राज्यको हित विपरीतमा सम्झौता नगरी एमसिसी अगाडि बढाउन सुझाव दिएको जानकारी दिए । समूह ५ का नेता ठाकुर गैरेले एमसिसीका बारेमा समूहका सदस्यका फरक फरक मत आएका बताए ।

विधानअनुसार पार्टी सञ्चालन नभएको समूह नेताले सुझाव दिएका छन् । धेरैजसो समूहले पार्टीमा समावेशी नभएको सुझाव दिएका छन् । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पार्टी विधानअनुसार ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने सुझाव दिइएको छ । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग