हामीकहाँ एउटा विमानमै दुई अर्बको कमिशन खोज्ने मन्त्री र कर्मचारी छन्, यसको भविष्य कस्तो होला ?



नारायण गाउँले ।

नेपाल वायुसेवा निगमसँग चीनमा बनेका ६ वटा जहाज छन् । पूर्ण अन्तर्राष्ट्रिय मान्यता नपाएका र निकै खर्चिला ती विमान नकिन्न चौतर्फी दबाबका बाबजुद पनि सरकारी स्तरमा गरिएको निर्णय भनेर जबर्जस्ती छ वटा विमान किनियो । दुई वटा अनुदान र चार वटा चीनसँगै ऋण लिएर ती विमान किनिएको थियो ।

ती छ वटा विमानबाट निगमलाई एक सुका आम्दानी हुनु परको कुरो, बर्सेनि ६० करोड़ भन्दा बढ़ी घाटा भएको रिपोर्ट महालेखा परीक्षकको प्रतिवेदनमैं छ । प्रायः बिग्रिरहने र चाइनिज इन्जिनियरबाहेक अरूले बनाउन नसक्ने हुनाले ती धेरै जसो ग्राउन्डेड नै छन् । सुनिन्छ, अहिले ६ मध्ये एउटामात्र चलिरहेको छ, त्यो पनि घाटामा । ती विमान उडाउन छुट्टै पाइलट चाहिने रहेछ । बीस लाखभन्दा बढ़ी मासिक तलब बुझ्ने दर्जन बढ़ी पाइलट घाम तापेर दिन बिताइरहेको खबर पढ्न पाइन्छ । ल्याइएको धेरै महिना पाइलट नै नभएकाले थन्किएका ती विमान चल्न थालेपछि बिग्रेर थन्किएका हुन् । विदेशी पाइलट काम नै नगरी तलब थाप्ने र काम गर्ने स्वदेशी पाइलटको तलब तिनको भन्दा कम भएको भन्दै केही पाइलटले सामूहिक राजीनामा समेत बुझाएका छन् ।

पहिले मार्केट हेरेर बल्ल लगानी गर्नुपर्नेमा हचुवाको भरमा दुईवटा वाइडबड़ी विमान किनिएपछि त निगम ऋणको भारले थिचिएर उठ्नै नसक्ने बनेको छ । पुरानाले नै गन्तव्य नपाएको अवस्थामा ती नयाँ विमानले झन बढ़ी नोक्सानी भइरहेछ । नागरिक लगानी कोषबाट लिइएको ऋणको किस्ता तिर्न नसकेको खबर पढ्न पाइन्छ । त्यो किन्दा भएको घोटालामा कसैलाई कारबाही भएन ।

निगमसँग अहिले भएका १३ वटा सानाठूला विमानमध्ये आठवटा त ग्राउन्डेड नै रहेछन् । चलेका बाँकी पनि पूर्ण क्षमतामा चलेका छैनन् । निगमले अहिले ९४ जना पाइलटलाई जागीर दिरहेको छ । तर ती प्रायः ग्राउन्डेड विमानका पाइलट रहेछन् ।

नेपाल वायुसेवा निगमको नाममा धेरै नेता, मन्त्री र कर्मचारी करोड़पति भए तर निगम आफै भने धराशायी बन्दै गरेको यस्तो समाचार सुन्दा मन खिन्न हुन्छ । छिमेकमा त्यति चुस्त व्यवस्थापन र बजारका बाबजुद त इण्डियन एयरलाइन्स ऋणमा डुबेर बन्द हुने या बिक्ने अवस्थामा छ भने हामीकहाँ एउटा विमानमैं दुई अर्बको कमिशन खोज्ने मन्त्री र कर्मचारी छन्, यसको भविष्य कस्तो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको