योग्यता अनुसारको उद्योग



डा. गोविन्दशरण उपाध्याय ।

सत्तामा भएकालाई आलोचना होइन प्रशंसा तथा चापलुसी मन पर्छ | पृथुले राजा लगत्तै आफ्नो प्रशंसा सुनेपछि विचलित भएर भनेका थिए “म भर्खरै राजाको पदमा आएको छु | मैले कुनै राम्रो वा नराम्रो काम गरेकै छैन | तपाईंहरू मेरो यसरी प्रशंसा गर्नुभएको छ मानौं मैले आजदेखि होइन लाखौंवर्ष देखि राज्य गरेर प्रजाजनको भलो गरिरहेको छु | काम हेरेर, बुझेर तथा मूल्यांकन गरेर बोल्नेहरू प्रशंसक हुन् | जसले सत्ताको शक्ति देखेर कसैको प्रशंसा गर्छ भने त्यो चापलुस हो, चम्चा हो र चुसाहा हो |

राजा बेनको हत्यापछि उसको ठाउँमा पृथुको राज्याभिषेक गरियो | ऋषिहरूले आशिर्वाद दिए | तेस वखतको चलनचल्तिअनुसार वन्दिजनहरुले स्तुति गान गर्दै थिए कि राजा पृथुले हस्तक्षेप गरे | राजाले भने “ठीकै छ, तिमीहरूको जागिर राजाको मनोरंजन गर्ने वा सूचना दिने होला | तर तिमीहरूले त मेरो केवल प्रशंसा मात्र गरिरहेका छौँ | काम नै नगरेका मान्छेको प्रसंशा गर्नु भनेको निकै निन्दनीय कुरा हो | तेसैले मेरो वेकारको प्रशंसा नगर | प्रजाजनका के-कस्ता समस्याहरू छन् ? राजाको पदमा रहेर मैले कसरी असल, परोपकारी काम गर्नुपर्छ ? भन्ने विषयमा जानकारी मूलक गीतहरू सुनाउँ (भाग ४/१५/२२-२६)

पछि सभासद् र तथा गायकहरूले समस्या र समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने वारे गीत गाउँन थाले | ती गाथाहरूका आधारमा राजा पृथुले आफ्ना प्रजाका समस्याहरू बूझे उनले ऋषि, पशु, पक्षी, मान्छे जेजसको जस्तो योग्यता छ तेसैअनुरुपको उद्द्योग गर्न प्रेरित गरे | उद्योगका कारण प्रजाजन सुखी भए | तेसैले धेरैजसो शास्त्रहरूले यथाराजा तथा प्रजा: भनेर लेखेका छन् | सम्पूर्ण कार्यकारी अधिकार भएका प्रधानमन्त्री वा मन्त्रीहरू राजा नै नभए पनि सत्ता र शक्ति सम्पन्न भएकाले राज्य नै हुन् |

राजा पृथुको नाममा धरतीको नाम पृथ्वी रहन गयो | किनभने राजा भएपछि पृथुले व्यक्तिको व्यक्तिगत योग्यताअनुसार उद्योगका बाटा देखाए | योग्यताअनुसार तेस बखतका मानिसहरूले पृथ्वीबाट उत्पादन प्राप्त गरे | यो सबै उद्योगको विस्तृत विवरण पढ्न इच्छुकले श्रीमद्भागवतको चौथो स्कन्धबाट १५, १६. १७ र अठार अध्याय पढ्नुहोला |

मान्छेलाई असल बनाउन प्रशंसा चाहिन्छ | यदि बालबालिका सकारात्मक परिवेशमा हुर्केका छन् भने असल, सक्षम र आत्मविश्वास भएका नागरिकमा रुपान्तरित हुन्छन् | यदि चापलुसी वा पुल्पुलायेर हुर्किएका छन् भने ती फटाहा, कामचोर र अर्कोको कमाईमा मोजमस्ती गर्ने हुन्छ | राजा पृथुले आफु राजा हुँदासाथ आफ्नो दरवारका चापलुसहरूलाई ठेगान लगाए | एउटा प्रशासकका रूपमा यो भन्दा दूरदृष्टि अर्को हुनैसक्दैन | प्रशंसा र चापलुसीको घेरोमा कसिएको मान्छेले आफुलाई “सर्वज्ञानी, महान् ब्यबस्थापक र महान्तम गुरू ठान्छ | आफु र उसंग हिड्ने, उठवस गर्ने र सहयोग गर्नेहरूलाई नै द्रोही ठान्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ