‘श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन् !’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी पार्टीको धारणा सार्वजनिक गर्दै नेकपाले सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रवक्ता शर्माले राजनीतिक दल र संसद विचाराधीन मुद्दामा पनि उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् ? भनेर प्रश्न गरेका छन् । सापकोटाविरुद्ध काभ्रेमा १० वर्षअघि अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो ।
सभामुखमा सत्तारूढ नेकपाबाट सिफरिस सापकोटाविरुद्धको किटानी जाहेरीसँगै द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।