‘नेताहरु अण्डाको बोक्रो फुटाएर बाहिर आउनुपर्छ’



डा. युवराज संग्रौला ।
राजनीतिमा संक्रमणकालको व्यवस्थापन राम्रोसँग गर्न सकिएन भने, समाज र राष्ट्र दुबैका आधारहरु खल्बलिन्छन् । यस्तो अवस्थामा केही महत्वपूर्ण हस्तक्षेपको आवश्यकता पर्छ । पहिलो हो राष्ट्रिय एकताको मजबुत जगको निर्माण गर्नु र दोस्रो हो सम्पूर्ण नागरिकलाई उत्पादनको अभियानमा सरिक गर्नु । यी दुई सफलताले
१. समाजलाई निरास हुनबाट जोगाउँछन् । अहिले नेपामा चरम निरासा छ । यसको पहिचान राजनीतिक नेताहरुले आममानिससँग जीवन बिताएर गर्न सक्छन् । नेताहरु अण्डाको बोक्रो फुटाएर बाहिर आउनु पर्छ । नेपालमा नेताहरु बैठक कोठाभित्र राजनीतिको सतरन्जमा मात्र व्यस्त छन् । उनीहरु समाजका समस्या बुझ्न सक्दैनन् । उनीहरु सबै राम्रै भएको देख्छन् । यो बादशाहको नयाँ लुगाको अवस्था हो । यसलाई तोड्न विचारको अभाव देशमा देखियो । सबै संस्कृतिको धरोहर बनाइएको मण्डला कुल्चिएर क्रान्तिकारी हुने खेतीमा छन् र बेस्मारी गाली गर्नु समस्याको समाधान देख्छन् ।

२. यो अवस्थाले नागरिकलाई मनोवैज्ञानिक र यथार्थ दुबै ढङ्गले चोइट्याइ रहेको छ (fragmentation of society)  र यो क्रम तिब्र भएको छ।

३. यसले राष्ट्रिय स्वाभिमान र देशभक्तिलाई खोक्रो बनाइरहेको छ । मानिस पैसाको दास बनेको छ । मानिसलाई सरकारी गाडी र शान मात्र आँखा अगाडि घुम्छ । मन्त्री बन्नका लागि कट्टु खोल्न तयार छ ।

विचारको बहस बौद्धिकहरुले अगाडि ल्याउन सकेनन् भने, नेपालले अर्को ठूलो संक्रमण खप्नु पर्ने छ । धेरैलाई लाग्छ देश छोडेर भागे त पुगिगयो नि ! तर देश छोड्ने ले के गुमाइरहेका छन् बुझ्ने ले त बुझेकै छन् । म्याक्डोनाल्डको बर्गरसँग पहिचानको सट्टापट्टा महंगो व्यापार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता