किन हटाइए विकास लिम्बु भ्वाइस अफ नेपालको ‘वल्र्ड टुर’बाट ?



काठमाडौं । भ्वाइस अफ नेपाल सिजन टु को टप फोरमा पर्न सफल विकास लिम्बु वल्र्ड टुरमा जान नपाउने भएका छन् । वल्र्ड टुरमा जान छनौट भएका लिम्बुलाई भ्वाइस अफ नेपालले एकाएक वल्र्ड टुरमा जाने टीमबाट हटाएको हो ।

यूट्यूव च्यानल मेरोअनलाईट टिभीसँगको कुराकानीमा लिम्बुले आयोजकको माग नभएकाले यस पटक लैजान नपाएको भ्वाइस अफ नेपालले बताएको जानकारी दिएका छन् । तर लिम्बु यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्,‘मेरा फ्यानले कति देशबाट फोन गर्नुभएको छ, माग नभएको भन्ने कुरा सही होइन । के गर्नु हामीले उहाँहरुसँग सम्झौता गरेका छौं, एकवर्षसम्म हामीले उहाँहरुको अनुमति विना केही गर्न सक्दैनौं । उहाँहरुले नाम त दिनुभएको छ तर त्यहाँभित्र केही गलत चाहिं छ ।‘

आफू टीममा नपरेको कुरा कार्यक्रम उत्पादक सुशील नेपाललाई सोध्दा तिमी पछिल्लो टुरमा जाने जवाफ दिएको उनले बताएका छन् । उनले भने ‘यो कार्यक्रम त आगामी मार्चमा छ अर्कोमा कहिले जाने ? त्यसबेलासम्म त हाम्रो सम्झौता सकिहाल्छ ।’ वल्र्ड टुरमा जाने टीमको पोष्टरमा समेत लिम्बुको फोटो राखिएको थियो । आफूलाई दाइले अमेरिकाबाट भनेपछि मात्र आफू हटाइएको थाहा पाएको गुनासो उनले गरेका छन् ।

भ्वाइस अफ नेपाललाई उनको आग्रह छ, ‘काठमाडौंमा बस्नु परेको छ कति महंगी छ, तर म पहिला काम गर्थें गजल गाउँथे तर अब काम पनि छैन, अनि टुरमा पनि जान नपाएपछि कसरी बाँच्ने त ? कि गाँसबासको व्यवस्था गर्नुपर्यो कि यस्ता कार्यक्रमबाट हटाउनु भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालले पायो भारतको रियल टाइम मार्केटमा बिजुली बेच्ने अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

  काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका

क्रिकेटर भीम सार्कीका पिताको अनुभवः कहिलेकाहीँ टेलिभिजनमा उसको खेल हेर्दा सपना जस्तै लाग्छ

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन