किन सम्झिने राजा वीरेन्द्रलाई ?



–दीर्घराज प्रसाई।

राजा वीरेन्द्रले नेपालको राष्ट्रियतालाई कतैबाट कमजोर बनाउन दिएनन् ! सम्राज्यवादीको फुटाउने र आपसमा युद्धमा भिडाउँने र संसारको यो पुराना सार्वभौमसत्तासम्पन्न मुलुकलाई ध्वस्त गरेर इसाईकरण गर्न चहान्छन् ! देशलाई भौडीमा हाल्ने एमाले-माओवादी, कांग्रेसका देशद्रोहीहरु खुलेर लागे !

राजा वीरेन्द्रको छवि खल्बल्याउन भारतीय गुप्तचर संस्था ‘रअ’ भित्रिरुपमा सरिक भइरहेको थियो । राजा वीरेन्द्र एक महान देशभक्त, विकासवादी प्रजातन्त्रवादी राजा भएकाले नैं विदेशीहरुले सहेनन् । सिक्किम खाएपछि भारतको ‘रअ’ले नेपालको तराई कब्जा गर्ने रणनीति बनाएको थियो !

नेहरुपछि उनकी छोरी इन्दिरा गाँधी भारतकी प्रधानमंत्री बनीन् । इन्दिरा गाँधीले भारतीय वदनाम गुप्तचर संस्था ‘रअ’ मार्फत सिक्किम खाएपछि नेपालको तराई फाँट कब्जा गर्ने रणनीति बनाएकोले नेपालको अस्तित्व समाप्त पार्न भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ सक्रिय थियो । भारतले नेपाललाई आफ्नो छाताभित्र राख्न नेपालको राजसंस्थालाई कमजोर बनाउने मनस्थितिमा रहेको अवस्थामा अनेकौं आरोप– प्रत्यारोप लगाउन पनि पछि पर्दैन थियो ।

स्मरणहोस्– रानी ऐश्वर्यले तामेली बिद्रोह चम्काउन ५ करोड दिएको झुठो कुरा इण्डिया टु डे मा छापिएको थियो भने राजीव गाँन्धी नमारिएका भए श्रीलंकामा तामिली उचालेर देशभक्त राजा वीरेन्द्रले गृहयुद्ध चम्काएको झुठो आरोप लगाएर भारतले नेपालको राजतन्त्रको बिरुद्ध खुलेर लाग्ने योजना बनाएको अवस्था थियो ।

राजा वीरेन्द्रको राज्यभिषेकको बेला २०३१ साल फाल्गुण १२ गते नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको बेलादेखि नैं भारतीय कांग्रेस राजा वीरेन्द्रप्रति सन्तुष्ठ थिएन । त्यसैले राजीव गाँन्धीको समयमा जतिसक्दो नेपाललाई सताउने काम गरे । त्यसको परिणाम राजीव गाँन्धीको हत्या भएपछि पनि कांग्रेस (आई) र उसको गुप्तच्र संस्था ‘रअ’ नेपाललाई सताउन सक्रिय भइरह्यो ।

पश्चिमहरु ईसाइरुपी साम्राज्यवादी रोग बोकेर आएका छन् । उनीहरुसँग इमान, जमान र मौलिकता केही छैन । उनीहरु जहाँ पनि रगतको खोलो बगाउन उदत्त रहन्छन् । दोस्रो विश्वपछि अमेरिका तथा यूरोपका इसाई राष्ट्रहरु जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ अशान्ति, हत्या, बिग्रह र विखण्डनकारी खेल खेलेर मानव सभ्यतालाई नैं सैतानीकरणगर्दै आएका छन् । नेपालमा पश्चिमाहरु प्हिला यसरी खुलेर लागेका थिएनन् । भारतमा कांग्रेस (आई)की सोनीयाँ गाँधी सत्तामा आएपछि उनैको रणनीतिलाई समर्थन गरेर पश्चिमाहरु नेपाललाई आधार इलाका बनाएर इसाईकरण गर्ने र फ्रि तिब्बतको नाममा चीन टुक्रयाउने अभिप्रायबाट नेपालमा प्रवेश गरेका हुन् । उनीहरु संसारको यो पुराना सार्वभौमसत्तासम्पन्न मुलुकलाई ध्वस्त गरेर इसाईकरण गर्न चहान्छन् ।

नेपालका पहिचान र मान्यता सबै नसिध्याएसम्म सम्राज्यवादीले विश्वभरमा आफ्नो प्रभूत्व जमाउन नसक्ने देखेर नेपाललाई तहस(नहस गराउन अनेकौं षडयन्त्रहरु गरिरहेको छ । यसको लागि पश्चिमाहरुले पैसा र क्रिस्चियनिटीलाई मान्ध्यम बनाएको छ । यसको लागि अमेरिका, बेलायत, नर्वे जस्ता यूरोपियन यूनियन् राष्ट्रहरु, संयुक्त राष्ट्र संघ, विश्व बैंक आदिले अरबौ लगानी गरिरहेका छन् । अरब र अफ्रिकी राष्ट्रहरुभित्र पसेर कतिपय ठाउँमा त्यहाँका गरिब जनतालाई पैसा दिएर क्रिस्चियनकरण ग-यो ।

अमेरिका र यूरोपका कैयौं राष्ट्रहरुले अरबमा मुसलमानहरु बीचमा झगडा लगाईदिएर यिनीहरुले फुटाउने र आपसमा युद्धमा भिडाउँने काम गरेकाछन् । उनीहरुले अरब र अफ्रिकाका कैयौं महत्वपूर्ण स्रोत र सम्पत्तिमा कब्जा जमाउदै आएकाछन् । दक्षिणी सुडानलाई क्रिस्चियनकरण गराएर सिङ्गो सुडानलाई उत्तर र दक्षिण सुडान बनाएर फुटाइयो । इरानमा सन्.१९७९ राजतन्त्रको बिरोधमा सीआए र सक्रिय राजतन्त्रको पक्षमा अमेरिकी सत्ताको द्वयत् नीति अवलम्वन गरेर इरानमा निरंकुश कट्टरवादी धार्मिक सत्ता स्थापना हुन गयो ।

इराकमा राजतन्त्र समाप्त गराएर सद्दाम हसेन १९५८ मा सत्तामा ल्याउने बतावरण अमेरिकाले नैं मिलायो । पछि कुरा नमिलेपछि निहु खोजेर इराकको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरेर इराकमा आक्रमण गरेर सद्दाम हुसेनको सत्ता पल्टायो । इराकमा आफैले पालेका दलालहरुलाई आन्दोलनमा उतारेर सद्दामलाई झुन्डाउने काम ग¥यो । लिबीयामा निरंकुशताको नाममा कर्नेल गद्दाफीको सत्ता पल्याएर लिबीयालाई अन्धकारमा फसाएको छ ।

कर्नेल गद्दाफीले लिबीयामा सन् १९६९ मा धोका दिएर राजतन्त्र बिस्थापित गराएका थिए । उनी निरंकुश र उघ्र–रिसाहा भएता पनि उनले लिबीयालाई धनी र समृद्ध राष्ट्रमा परिणत गरे । विदेशी ऋण लिएनन् । विदेशीलाई पस्न दिएनन् । आखिरी अमेरिकाले नाटो र यूएन् आफ्नो पक्षमा जुटाएर लिबीयाका असंख्यौं नरनारी र स्रोत, भौतिक पूर्वाधार नष्ट गरेर कर्नेल गद्दाफीको विभत्स हत्या ग¥यो । हत्याको प्रकार जस्तो भएतापनि लिबीयाका जनताले उनलाई कहिले बिर्सने छैनन् ।

‘नेपालमा पुनर्स्थापित प्रतिनिधिसभाले ०६३ जेठ ४ मा घोषणा गर्दा एउटा षड्यन्त्र गरिएको छ। घोषणापत्रको ड्राफ्ट तयार गर्दा धर्मनिरपेक्ष बनाउने कुरा उल्लेख नभए पनि सभामुखले प्रतिनिधिसभामा वाचन गर्नुअघि सभामुख कक्षमा पुगेपछि सुटुक्क (ङ) नम्बर थपियो। त्यहाँ “नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ” चार शब्दको वाक्य छ। सो बुँदामा भनिएको छ, ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ।’

राजा बीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरु तर म चाहिँ, मुलुक जुन मोडमा पुगेर फसेको छ, आजका सत्ताधारीहरुलाई आह्वान गर्दछु, दुइटै छिमेकीहरुसंग मुलुकको हित हुने गरि ५०बर्षे संधि गरौं, खाकाको अभाव हो भने राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे बिष होइन अोखतिनै हुनेछ ।” – भूषण दाहाल, वरिष्ठ पत्रकार

गणतन्त्र,संघीयताले देश बच्दैन। नेपालको भौगोलिकतामा संतुलन र राष्ट्रको सावृभौमसत्तालाई जोगाएर चीन, भारतबीचमा संतुलन राख्दै नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र संतुलन कायम गर्ने गरी विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्थालाई ससम्मान यथावत राखी नेपाललाई समृद्धशाली बनाउन समर्पित बनौं ।

देशभक्त राजा वीरेन्द्रले गृहयुद्ध चम्काएको झुठो आरोप लगाएर भारतले नेपालको राजतन्त्रको बिरुद्ध खुलेर लाग्ने योजना बनाएको अवस्था थियो । ती सबै षडयन्त्रलाई वास्ता नगरेर राजा वीरेन्द्रबाट नेपाली जनताप्रति विश्वस्त बनेर नेपालको राष्ट्रियतालाई कतैबाट कमजोर बनाउन दिएनन् । देशभक्त राजा वीरेन्द्रप्रति श्रद्धान्जलि अर्पण गरौं !!1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा