प्रदेश तीनको नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपाको निर्णय



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक कुनै निर्णय नगरी सकिएको छ । आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको संगठनात्मक अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीबाट सभामुखको उम्मेदवार चयनलगायतका विषय छलफल भए पनि बैठकले कुनै निर्णय भने गरेन ।

गतसाता पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरसन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।

यसैबीच, सचिवालय बैठकले प्रदेश तीनको नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ । प्रदेश तीनको राजधानीलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको थियो ।

प्रदेश तीनको राजधानी सुरुमा भक्तपुर हुनुपर्ने माग भएको थियो । हेटौँडा अपायक हुने भन्दै त्यसपछि काभ्रेको बनेपा, धुलिखेलका लागि तीव्र लविङ भएको थियो। नुवाकोटले समेत राजधानी दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ ।