अदालतले भन्यो -मृत्युदण्ड पहिले नै मुशर्रफको मृत्यु भएमा शवलाई तीन दिनसम्म झुण्ड्याउनु



पाकिस्तानको विशेष अदालतले पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । १६९ पृष्ठ लामो फैसलाको पूर्णपाठमा मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने लगायतकाविषय छन् । मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ ।

७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् । यदि मृत्युदण्ड पहिले नै मृत्यु भएमा उनको शवलाई डेमोक्रेसी चोकमा ल्याएर तीन दिनसम्म झुण्ड्याउन पनि अदालतले आदेश दिएको छ । विशेष अदालतका तीन जना न्यायाधीशको बेन्चमा २–१ को बहुमतले मुसर्रफलाई देशद्रोह र संविधान उल्लंघनमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

न्यायाधीश वकार सेठ र शाहिद करिम प्राप्त प्रमाणका आधारमा मुसर्रफ दोषी ठहर भएकाले मृत्युदण्ड दिनुपर्ने निर्णयमा पुगेका हुन् । न्यायाधीश नजर अकबरले भने यो निर्णयमा नोट अफ् डिसेन्ट लेखाएका थिए । मुसर्रफले भने प्रतिशोधका कारण आफूलाई गलत सजाए सुनाइएको प्रतिक्रिया दिएका छन् ।

अस्पतालको ओछ्यानबाटै एउटा भिडियो सन्देश जारी गर्दै उनले भने, ‘मेरा विरुद्धमा नियोजित रूपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा प्रस्ट रूपमा व्यक्तिगत प्रतिशोध देखिन्छ । मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन्। त्यसका लागि आफ्नो कानुनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

यता पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि उनको बचाउमा पाकिस्तानी सेना अघि सरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला दुःखद् रहेको र सेनालाई धक्का पुगेको बताएका छन् । प्रवक्ता गफूरले पाकिस्तानी सेनाले अदालतको फैसला देशको संविधानअनुसार होस् भन्ने आशा राखेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको

कांग्रेससँग प्रधानमन्त्रीको प्रस्तावः पहिला गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि संसदीय समिति गठन गरौं

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

संसदीय समिति गठन गरी सहकारी ठगीमा संलग्नलाई कडा कारबाही गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा