सपना नदेख्ने र योजना नबनाउने आदत नेपालीमा व्यापक छ



डा. युवराज संग्रौला ।

मानिसका सामाजिक सबन्धहरुनै समाजका एकताका आधार हुन, र विकासका आधार पनि हुन् । मानिसका समाजिक सबन्धको प्रारुप शिक्षाले निर्माण गर्ने गर्छ । अक्सर, मानिसको स्वाभाव बिर्सनु पर्ने कुरा याद गरिरहने र सम्झनु पर्ने कुरा बिर्सने प्रवृत्तिको हुन्छ । शिक्षाको सबैभन्दा महत्वपूर्ण काम भनेकै नागरिकलाई के याद राख्ने र के बिर्सने हो सिकाउने हो । नेपाल यही कुरामा फेल भयो भन्ने कुरा नेपालका नेताले र जनताले बुझिदिए देश अगाडि बढने थियो ।
१. शिक्षाले मानिसको गुणात्मक प्रतिस्पर्धा बढाउँछ । अर्थात् मानिसमा प्रोफेसनालिजम (उत्पादकत्वपूर्ण व्यावसायिकता)को विकास गर्छ । अतः हरेक विद्यार्थीलाई उसको क्षमता वृद्धि गर्न आतुर पार्ने र आफूमा पुरै लगानी गर्ने प्रेरणा भर्न सक्नु राष्ट्रको विकासको पहिलो खुट्किलो हो । केही दशक अगाडिसम्म हामीसँगै भएको थाइल्यान्डलाई हेर्दा पनि यो देखिन्छ । विश्वविद्यालयमा विद्यार्थीहरुको अध्ययनमा लगाव अत्याधिक देखिन्छ, जो हाम्रोमा छैन ।
२. विद्यार्थीमा व्यवसायिकता विकासको चाहना कमजोर छ, नेपालमा । मैले अरु भन्दा उन्नत हुनुपर्छ भन्ने सोच कमजोर छ, हाम्रोमा । त्यसैले अवसरको प्रयोग नगर्ने तर सफलता खोज्ने प्रवृत्ति धेरै छ। नेपाली युवामा सफलताको कडी अवसरको सही प्रयोग हो भन्ने बुझाइ छैन । त्यसैले, धेरैले आफ्नो शिक्षाको विकासलाई अधुरो छोडेर सफलताको आकांक्षा गर्छन् । केही भएन भने “बिदेश“ को सपना त जीवन को उद्देश्य नै भैसक्यो ।
३. यिनै कमजोरीले नेपाली समाजले विकराल सामजिक समस्याहरु भोग्न थालेको छ । परिवार बिश्रृखंलित भैरहेका छन् । देशमा बिज्ञहरुको अभाव छ, पढेलेखेका धेरै छन् जान्ने मानिस थोरै छन् । छोराछोरीको पालणपोषण चुनौतीपुर्ण बनेको छ । सम्बन्ध बिच्छेद समस्याका रुपमा अगाडी आएको छ र यस्मा नाजायज लेनदेनले प्रश्रय पाएको छ । फेरिपनि यस मनोबिज्ञानका पछाडि बिदेशको अवसर रहेको छ ।
४. सपना नदेख्ने र योजना नबनाउने आदत नेपालीमा व्यापक छ । पढ्ने किन ? अरु पनि कलेज गका छन् त्यसैले । घर बनाउने किन, एउटा घर त चाहिन्छ भन्छन् त्यसैले । विवाह गर्ने किन, एक पल्ट गर्नै पर्छ भनेर । योजना कसैको हुँदैन । यी योजनाहिन कर्मले नै नेपालीलाई कमजोर बनाएको प्रष्ट देख्न सकिन्छ।
समृद्ध समाजको अवस्थाले योजनाबद्ध विकासको खोजी गर्छ । तर त्यो मानिसलाई योग्य बनाउने शिक्षाको अभावमा पूरा हुने कुरा होइन । उच्च गुण सम्पन्न शिक्षाको अभावमा शिक्षित मानिसले अल्पज्ञान बोक्छ । उसले आफ्नो भलाइ मेहनतबाट होइन, स्वप्न कल्पनाबाट पूरा गर्न खोच्छ। अल्पज्ञानले मानिसलाई घमण्डी र स्वार्थी बनाउँछ । नेपालको अहिलेको अवस्था यसकै परिणाम हो।

राजनीति भ्रष्ट हुनुको कारण पनि यही हो । नेपाली समाजका सम्बन्धहरु निरन्तर धारासायी भैरहेको कारण पनि यही हो । नेपालमा अहिले एक थोक पटक्कै गर्न सकिन्न, त्यो हो विश्वास । जुन समाजमा बिश्वास संकटमा हुन्छ, त्यहाँ मानिसका भित्री र बाहिरी दुई रुप हुन्छन् । ऊ जे भन्छ त्यो गरिरहेको हुन्न, जे गरिरहेको हुन्छ त्यो उ भन्दैन । नेपालीहरुको यो दुई अनुहारको अवस्था केबल उन्नत शिक्षाले मात्र सम्बोधन गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ४,४९९ मा कोरोना पुष्टि, उपत्यकामा मात्रै २,७२० मा संक्रमण

  काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९

आगे चुनाव छ ! किन यतिविधि अलोकप्रिय हुन खोजेको सरकार ?

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई

‘आमनागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्

विश्वमा कोरोना संक्रमणबाट ११ लाख ४२ हजारबढीको मृत्यु,३ करोड ११ लाख संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त