‘यीनले पाकेका आँप मुखमा दल्छन् र दिनभरी ढुङ्गा चाट्छन्’



डा. युवराज संग्रौला।
“ध्रबतारा अटल छन् । चन्द्रमा उज्याला, तर यीनको निन्द्रा लामो हुन्छ । जब ब्यूँझिन्छन्, ध्रुबतारालाई सोध्छन्, “के छ बाटिकाको खबर?“ उनलाई यो बाटिका बिछट्टै मनपर्छ। यो बाटिकामा बाँदरहरु बस्छन् । ध्रुबतारालाइ यीनीहरुको इतिहास थाह छ ।“यी बाँदर मानिस मासिएर बनेका हुन्, त्यसैले यी देखि प्रकृति पनि हैरान छ । बाँकी सबैतिर बाँदरबाट मानिसको उन्नयन भएको हो, यहाँ चैं मानिसबाट बाँदर।“

१. यस बाटिकाका बाँदर धतुरो खान्छन् । धतुरो खान यीनलाई सेतामुखे ढेडुहरुले सिकाएका हुन् ।

२. यहाँका बाँदर रुखका बोक्रा पनि चपाउँछन्, पात पनि खान्छन्, टाँकी, उन्यूँ, खिर्रो, पैयूँ, फट्यांग्रा किरा, जरा आदि सबै खान्छन् । हरियो बाटिका यीनले मरुभूमि बनाइसके ।

. नगर्ने जति सबै गर्ने र गर्ने चैं केही नगर्ने यीनले कसम खाका छन् ।

४.  यीनले पाकेका आँप मुखमा दल्छन् र दिनभरी ढुङ्गा चाट्छन् ।

५. यीनका नाइकेलाई कसले कतिबेला रुखबाट घचेटेर सिध्याउने थाहै हुन्न । सेतामुखे र ओठल्याप्रे, यी नाइकेका गुरु बनेका छन् । यीनलाई खुसी पारेर नाइकेहरु फडिर र जामुन खाएर बस्छन् ।“

६. यीनका मसिना सन्तान जति जतिबेला पनि सुतिरहन्छन् । अलि ठूला भएपछि सेतामुखेले कहाँ लान्छ पत्तै छैन।

यो मेरो अर्को फिक्सनको केही ब्यहोरा हा । कति मानिसका बारेमा मात्र साहित्य लेख्ने, बांदरका बारेमा पनि सोच्न मन लागेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी