पश्चिमाहरु र रअ को डिजाईनमा बल्झाउने योजना



भरत दाहाल ।
मोदीले भेट्ने समय नदिएर उल्टै धम्काएपछि माधव नेपाललाई पठाउने निर्णय नै नभएको घृणित बकबास । आफ्नै पार्टी महासचिवको हत्याको रिपोर्ट तयार पारेर आफैं दबाउने, अमेरिकी राजदूत पार्टी कार्यालयमा जाँदा माक्र्स, एङ्गेल्स, लेनीन, स्टालिन र माओको फोटाहरु झिकेर टेबुलमुनी लुकाउने र महाकाली सन्धिबाट बर्षेनी सवा खर्ब रुपैयाँ बर्षिन्छ भनेर ईण्डियालाई सीमा सहितको नदी दान गर्ने एमाले नामको पार्टीबाट अतिक्रमित भूमी फर्कन्छ भन्ने विश्वास गर्नेहरु पनि सधंैका ’बिचराहरु’ हुन् । बारम्बार असफल भएको कर्मचारी तहमा फर्किने भनेको यस मामिलाबाट पन्छिने बाहेक अरु केही कुरा होइन । तिनै ईण्डियनको सबथोक खाएर पिएर राज्य लुट्ने मिशनमा हिंडेको ’होली वाईन’ गिरोहबाट आउनु पर्ने जवाफ यही थियो।

आफ्नो हीन, दीन र कुन्ठाजन्य नियतीलाई ढाकछोप गर्न यो गिरोहले बामदेवलाई अघि सारेर नेपालको नक्शा प्रकाशित गर्ने कुरा प्रचारमा ल्याएको छ। सडकमा झोलेहरुलाई तिघ्रा बजाउन लगाउने, बामदेवलाई देखाएर लिम्पियाधुरासम्मको नक्शा प्रकाशित गर्न लगाउने तर सरकारी कार्यालयहरुमा ईण्डियन नक्शा टाँसेर कर्मचारी तहमा वार्ता गर्ने ! एमाले र एमाओवादीको माथिल्लो तहमा ईण्डियन हण्डी नखाने १ जना व्यक्ति छैन। ज्ञवालीको बकबास अघिल्लो कार्यकालका ओली पछिल्लो कार्यकालमा मोदीको ’कोली’ बने जस्तै प्रहसन हो । यीनीहरुको देशभक्ति अमेरीका, ईयू र रअ का लागि वातावरण बनाई दिन मोदीको हिन्दूवादसंग गर्दै आएको ङ्यारङयार मात्र हो। नागरिकहरुको बीचबाट संगठित शक्ति नउठी यस्ता कुनै पनि कामहरु अघि बढ्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैदिन एकसय ३५ आरोही सगरमाथाको शिखरमा

काठमाडौँ । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल

सिरहाबाट श्रोत नखुलेको ७१ लाख नगदसहित पाँचजना पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ

हाम्रो ध्यान सरकार ढलाउने र बनाउनेतिर छैनः प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट नपुग्दा देशले गुमाउनेछ यस्ता सुविधा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम