पूर्वप्रधानमन्त्रीकै यौन भिडियो टेलिभिजनबाट प्रशारण भएपछि….



नारायण पौडेल।
सन् २०१६ को अप्रिल पहिलो साता । रुसी टेलिभिजन एनटिभीले भिडियोसहित फुक्योः पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौनक्रिडामा । खबर आगो सरी फैलियो । लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल क्यासानोभ आफ्नै सहकर्मी नाटालियासँग नाङ्गिरहेका थिए । गोप्य क्यामराले क्यासानोभको बिस्तारामा खिचेको सो भिडियोले भविश्यमा राष्ट्रपतिसम्म हुने ठानिएका क्यासानोभको आदर्श धुजाधुजा पारिरहेको थियो ।

आमरुपमा क्यासानोभको छबी भ्रष्टाचार बिरोधी, बिकासप्रेमी र पारदर्शी नेताको रुपमा स्थापित थियो । उनी भष्ट्राचार बिरुद्ध आगो ओकल्थे । प्रशासक, अर्थमन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुँदै उनी शक्तिशाली राष्ट्रपति भलाद्मिर पुटिनलाई टक्कर दिने हैसियतमा पुगेका थिए । पुटिनको दाहिने हातका रुपमा चिनिने क्यासानोभ भ्रष्टाचार, आर्थिक नीति र पारदर्शीताका सवालमा विमती जनाउँदै नयाँ पार्टी निर्माणमा लागेका थिए । पुटिनलाई पछार्ने पात्रका रुपमा क्यासानोभलाई हेरिएको थियो ।

तर, बिबाहित क्यासानोभलाई परस्त्रीसँगको भिडियोले नमज्जाले पछार्यो । यौन उन्मादमा क्यासानोभ नाटालियालाई आश्वस्त पार्दै थिए–धैर्य गर प्यारी, पूरा राजनीति तिम्रो वरिपरि घुमाइदिनेछु ।

रुसी राजनीतिमा एउटा शब्द वा षडयन्त्र लोकप्रिय छः कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने ब्यापक छ । कसैलाई आमरुपमा नस्ट गर्न पर्यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षडयन्त्रलाई कम्प्रोम्याट भनिन्छ । क्यासानोभ कम्प्रोम्याटको सिकार भए ।

क्यासानोभको नीजि अपार्टमेन्टभित्र गरिएको यौनक्रिडा कस्ले छायाँकन गर्यो ? कसरी गर्यो? किन ग¥यो ? भिडियो कसरी टेलिभिजनसम्म पुग्यो ? प्रश्न अनेक उठेपनि प्रहार क्यासानोभ र नाटालिया बाहेक अरुले खेप्नु परेन । सहज अनुमान हो–खुबिया एजेन्जीमार्फत राष्ट्रपति पुटिनले सो भिडियो कैद गराएका थिए ।

१२ मे २०११ का दिन दुनियाँका सामू यस्ती महिला प्रस्तुत भइन जो कहिल्यै सुनिएकी थिइनन् । नाफिसाटो डियालो नाम गरेकी श्यामस्वत बर्णकी महिला एकाएक अन्तराष्ट्रिय समाचार माध्यममा ब्रेकीङ समाचारका रुपमा छाइन् । न्युयोर्कको एक होटलमा सरसफाइको काम गर्ने ती महिलाले एक ग्राहकले आफूमाथि बलत्कारको प्रयास गरेको उजुरी दिइन् । आरोपित व्यक्ति थिए–अन्तराष्ट्रिय मुद्रा कोषका निर्देशक डोमिनिक स्ट्रस खाँ । अन्तराष्ट्रिय मुद्रा व्यवश्थापनमा प्रभावकारी कदम चालेर आर्थिक क्षेत्रमा ख्याती कमाएका खाँ फ्रान्सको भावि राष्ट्रपतिका रुपमा गनिएका थिए ।

१५ बर्षिय छोरीकी आमा समेत रहेकी ३२ बर्षिय डियालोमाथि बलत्कारको प्रयास गरेको आरोपमा खाँ बिमानस्थलबाट पक्राउ परे । उनको गिरफ्तारीले न्यूयोर्क र पेरिसमात्र तातेन, समग्र विश्व तरँगित भयो । बहुचर्चित सो घटनाको पटाक्षेप भने भिन्दै हिसावले भयो ।

अफ्रिकी देशबाट अमेरिका आएर अमेरिकामा शरणार्थीका रुपमा बसेकी डियालोले विगतमा अमेरिकामा शरण पाउनाका लागि असत्य कथा रचेको पाइयो । कर छली, संकास्पद कारोबार आदिजस्ता पृष्ठभूमीका कारण उनीप्रति प्रहरी, न्यायाधीवक्ता र अदालत सशंकित देखिए । गहन अनुसन्धान र अनेक कागजातका आधारमा उनले खाँलाई लगाएको आरोप सत्य हो भनेर विश्वास गर्न नसकिने निश्कर्ष निकालियो ।

खाँले डियालोको आरोपबाट मुक्ति पाएपनि उनको जीबनमा लागेको डडेलो निभेन । भाबी राष्ट्रपतिको रुपमा फ्रान्समा लोकप्रिय रहेका खाँका बारेमा देशभित्र पनि अनुसन्धान शुरु भयो । उनीमाथि अरु दर्जन महिलाले आरोप लगाए । तर, कुनैपनि आरोप प्रमाणित हुन सकेनन् । आरोप सही बेठीक बेग्लै, खाँको राजनीति भने सकियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलत्कारको आरोपमा पदमुक्त मात्र भएनन्, जेलजीबन जिइरहेका छन् । सायदै कसैले कल्पना गरेको थियो महरा मदिरा बोकेर परस्त्रीको घर धाउलान् । उनकै सहकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा नैतिकरुपमा दोषि रहेको सार्वजनिक घोषणा गरिसकेका छन् ।

महराले बलत्कारको प्रयास गरे या गरेनन्, छानबीनभित्रै छ । छानबीनबाट परिणाम जे आएपनि एउटा कुरा स्पष्ट छ–महराको राजनीति झर्यामझुरुम भएको छ । प्रतिष्ठा र उचाइँ पत्याउन नसकिने गरी गर्लामगुर्लुम्म ढलेकोे छ ।

महरा प्रकरणका कारण राजनीतिभित्रको यौनका बारेमा चर्चा हुन थालेको छ । यसका बाछिटा कालान्तरसम्म रहिरहने छन् । हालै मन्त्रीपरिषद् बिस्तारमा एक युवा नेता जसै अट्ने चर्चा नेकपाजनले गर्थेे ।

गाइँगुइँ अनुसार उनीमाथि युवा संगठन आबद्ध नेतृहरुलाई पदको प्रलोभन दिएर शोषण गरेको गम्भीर आरोप छ । केहीले आफूमाथि हिँसा भएको खबर बालुवाटारसमक्ष पुर्याईपनि सकेका थिए । कारण जे भएपनि अकाट्य भनिएको नाम मन्त्रीको सूचीबाट काटियो ।

महरालाई नजिकबाट चिन्ने महिला नेतृहरुले अनौपचारिक र कोट नगर्ने सर्तमा भनेका कुराहरुलाई आधार मान्ने हो भने –महरा त भुरा हुन् यौन मामिलामा, ठूला माछा राजनीतिक दलमा यत्रतत्र छन् । सार्वजनिक हुने नहुने बेग्लै हो । महरा प्रकरणको पटाक्षेप जसरी होस्, भयँकर पाठशालाका रुपमा दर्ज हुने छ । मृत्युसँग नढलेको जीबन यौनका कारण ढलेको रुपमा पढिने छ वा विश्वासघातको पराकाष्ठाका रुपमा । आगे अदालतकै मर्जी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषय सरकारको प्राथमिकतामा

काठमाडौँ । सत्ता साझेदार दश दलको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर

आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

सीमा अतिक्रमणको विषयमा बोल्दा प्रधानमन्त्रीलाई सरकार ढल्ने डर छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि