मंगलबारसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल संचालकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो ।

यसअघि पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो । गत असोज र कार्तिकमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै अतिरिक्त लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

बागमती सरकारबाट बाहिरियो एमाले

हेटौंडा । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई