‘अध्यात्मका बुझाईमा भ्रमहरू’



विचारको आँखाले अध्यात्मलाई हेर्दा भ्रम भएको छ

कुनै पनि बस्तुलाई फरक फरक ठाउँबाट हेर्दा फरक देखिन्छ । फरक धरातलबाट उभिएर हेर्दा एउटै विषयवस्तुमा मानिसका फरक फरक धारणा आउन सक्छन् । हामीले जेमा विश्वास गर्दछौं, त्यो नै हाम्रो लागि सत्य हो ।

तर अनेकन सन्दर्भमा हामीले जेमा विश्वास गरेका छौं, त्यो सत्य नहुन पनि सक्छ । अनि कहिलेकाहीँ शंकाका कारण हामीले सत्य कुरामा पनि विश्वास नगरेका हुन पनि सक्छौं ।

आज मानिसको विश्वास तार्किक विचारमा छ । विज्ञानमा छ । मानिसले विचारको आँखाले, वैज्ञानिक आँखाले हेर्दा अध्यात्मका सन्दर्भमा केही भ्रम श्रृजना भएका छन् । अनि ति भ्रममाथिको विश्वासका कारण कतिपयका लागि त्यस्ता भ्रम सत्य प्रतित् भएका छन् ।

पहिलो कुरो त आधुनिक विज्ञान अध्ययनको विषय हो । यसको विपरित अध्यात्म आत्मसाथ गरिने अस्तित्वगत सत्य हो । अध्यात्मलाई आत्मसाथ गर्ने सन्दर्भमा विचारशील मस्तिष्कलाई, वैज्ञानिक मनलाई विसर्जित गर्नु अनिवार्य शर्त हो ।

पौराणिक शास्त्रहरूको अध्ययन गर्ने सन्दर्भमा वैज्ञानिक चिन्तनको जरुरी हुन्छ । तर शास्त्रहरू पढेर मानिस विज्ञ बन्छ तर ज्ञानी बन्न सक्दैन । ज्ञानी बन्ने कुरा बिलकुल फरक आयाम हो । बाइबल पढेर जिससको, गीता पढेर कृष्णको, धम्मपद पढेर बुद्धको, कुरान पढेर मोहमदको गुण आर्जन गर्न सकिदैन ।

मस्तिष्कको रूपान्तरणका सन्दर्भमा केही विधिहरू हुन्छन्, जसमा ध्यानका विधिहरू प्रमुख हुन् । ध्यान बाहेक मानिसको मन रूपान्तरणका सन्दर्भमा अन्यविधिहरू पनि हुन्छन् । अध्यात्म त्यही विधिहरूको विज्ञान हो । यस्ता विधिहरू तिर्थकरहरूको लामो अनुभवले परिणाम भएको हुँदा, त्यस्ता विधिमा केही थपघट गर्न सकिदैन ।

उसो भए धर्मी बन्ने नाममा किन हाम्रा पूर्खाले बाइबल, गीता, कुरान, धम्मपद जस्ता ग्रन्थ पढ्दै आए त ? यहाँनेर पनि केही भ्रम छन् । हाम्रो पुर्खाले ग्रन्थहरू बुझ्नकालगि पढ्दै आएका छैनन् । कसैले यस्ता ग्रन्थलाई अर्थ खुल्ने गरि बुझ्नका लागि पढेछन् भने तिनले गल्ती गरेका छन् ।

जो मानिसले कुनै ग्रन्थ, विचारको उपयोगद्वारा पढ्छ उसले त्यसलाई बारम्बार पढ्दैन । एकचोटी पढेर बुझेको कुरा बारम्बार पढ्नुको औचित्य पनि छैन । तर ग्रन्थ पढ्नु पनि एउटा मानस रुपान्तरको विधि हो ।

हाम्रा पुर्खाले विद्धताका लागि ग्रन्थ पढेका होइन मनको रूपान्तरणका विधिका रूपमा अवलम्बन गरेका हुन् । त्यसैले त हाम्रो पुर्खाहरूले वषौं सम्म एउट ग्रन्थलाई बारम्बार पढे । विभिन्न समयमा पढे । विहान, दिउसो, साँझ, राति पढे । विभिन्न मुद्रामा पढे । हाँस्दा, रुँदा, रमाउँदा, निरास हुँदा, अनेक मानसिक अवस्थामा पढे । किन यसो गरिएको हो त ?के तिनीहरू एउटै किताव जिन्दगी भर पढ्ने मुर्ख हुन त् ?

हामीले हरेक कुराहरू मस्तिष्क रूपान्तरका विधिका रूपमा प्रयोग गर्न सक्छौं । पढ्ने कुरालाई पनि यस्तै विधिका रूपमा उपयोग गर्न सक्छौं । कुनै कुरा निरन्तर पढ्दा पढ्दा पढ्ने मानिस पढ्ने काममा यसरी तल्लीन हुनसक्छ, जहाँ उसले स्वयम्लाई भुल्छ ।

पढ्दै गरेको शास्त्र पनि भुल्छ । मलै पढ्दै छुँ भनेर भुलेर पढ्दै गरेको अवस्थामा पढ्ने मानिस, पढ्ने काम र के पढिएको हो ति सबै अभिभाजित सिङ्गो एक प्रक्रिया बन्छ । यसरी कर्ता भाव विलय भएर कुनै कार्यमा तल्लिन हुने अवस्था नै मनको रूपान्तरित अवस्था हो ।

अध्यात्म दर्शनशास्त्र होइन विज्ञान हो

अध्यात्मको सार भन्नुकुनै कुराको भोग गर्ने मनलाई द्रष्टा भावयुक्त मनमा बदल्नु हो । अर्थात् जीवनलाई नभोगीकन सिनेमा हेरेको सरी दर्शक बनेर हेर्नु हो । पढ्ने कुराका सन्दर्भमा, जब पढ्ने मानिसलाई मैले पढ्दै गरेको छुँ भन्ने लाग्छ, तब उसले पढ्ने कर्मलाई भोगेको हुन्छ । यो अवस्थामा पढ्ने मानिसको मनमा पढ्ने आपूm (कर्ता) र पढ्ने काम (क्रिया) दुई फरक कुरा हो भन्ने लाग्छ ।

तर जब पढ्ने मानिस यति तल्लीन भएर पढ्छ कि उसको मनमा मैले पढ्दै छुँ भन्ने भाव हराउँछ । के पढ्दै छु भन्नेभाव पनि हराउँछ । यस्तो अवस्थामा पढ्ने मानिसका लागि पढ्ने कर्ता, क्रिया र ग्रन्थ एउटै अभिभाजित सिङ्गो प्रकृया बन्छ । यो सिङ्गो प्रकृर्यामा कुनै विभाजन छैन भन्ने देख्नलाई भाव परक रूपमा त्यही पढ्दै गरेको मानिस भित्रै कुनै अर्को मानिस उपस्थित हुनु जरुरीहुन्छ ।

जसले पढ्ने क्रियालाई भोगेको हँुदैन केवल हेरेको हुन्छ । हो त्यहीँनेर रूपान्तरण हुन्छ । भुक्तभावबाट दृष्टा भावमा रूपान्तरण हुन्छ । आम मानिस बुद्धत्वको अवस्थामा रूपान्तरित हुन्छ ।

अध्यात्म यस्तै मष्तिस्क रूपान्तरणको विधिहरूको विज्ञान हो तर अध्यात्मलाई नयाँ पुस्ताका अधिकांश मानिसले दर्शन भनेर बुझेका छन् । अध्यात्मलाई दर्शन नभनेर विज्ञान भनिरहँदा विज्ञान र दर्शनको केही भेद जान्न जरुरी हुन्छ ।

जुन कुराले मेरालागि जसरी काम गर्छ, तपाईँका लागि वा अर्को तेस्रो व्यक्तिका लागि पनि उसरी नै काम गर्छ भने त्यो विज्ञान हो । अनि जुन कुराले हिजो जसरी काम गथ्र्याे, आज वा भविष्यमा त्यसरी नै काम गर्छ भने त्यो विज्ञान हो ।

विज्ञान यथार्यपरक हुन्छ । तर दर्शन विचारपरक हुन्छ । दर्शन बौद्धिक शास्त्र हो । दर्शन विषयवस्तुको व्याख्या हो । विज्ञान सधैँ सत्य वा यर्थाथपरक हुन्छ । दर्शन वा विचारका सन्दर्भमा हरेक मानिसका लागि सत्य फरक फरक हुन्छ ।

हरेक मानिसका लागि उसको बुझाईका आधारमा सत्य फरक फरक देखिन्छ । मस्तिष्क रूपान्तरणका विधिहरूले मेरा लागि जसरी काम गर्छ, तपार्इँ वा अर्को तेस्रो व्यक्तिका लागि पनि उसै गरि काम गर्दछ । अनि यस्ता विधिहरूले हिजो जसरी काम गरेका थियो, आज र भोलीका दिनहरूमा पनि त्यस्ता विधिहरूले उसैगरी नै काम गरेका हुन्छन् ।

अध्यात्म अलौकिक वा चमत्कार होइन आधुनिक विज्ञानको सीमाभन्दा परको विस्तारित विषय हो 

आम मानिसले अध्यात्मलाई अभौतिक र अलौकिकताको विषयका रूपमा बुझेका छन् । तर अध्यात्म सम्पूर्ण रूपमा अभौतिक सन्बन्धको विषय होइन । अध्यात्मले केवल आँखाले देखेको संसारलाई पूर्ण मान्दैन तर भौतिक चिजलाई पनि नकार्दैन । संवेदना छ तर मुटु छैन, विचार छ तर मस्तिष्क छैन भन्नु अध्यात्म होइन । अध्यात्मले शरीरसँगै आत्माको विश्वास गर्छ ।

फूलसँगै सुवासको विश्वास गर्छ । हो अध्यात्मले देखिने संसार भन्दा नदेखिने संसारको महत्वमा जोड भने पक्कै दिन्छ । तर नदेखिने चिजको अर्थ औलोकिक चाहिँ पक्कै होइन । आज विज्ञानले गरेको चमत्कार हिजोको ढुङ्गे युगका मानिसको सोचका सन्दर्भमा अलौकिक नै हो ।

सत्य यति हो आज विज्ञानले कल्पना गरेको सीमाभन्दा पर गएर अध्यात्मले विश्व व्रम्हाण्डलाई उर्जाको विशाल सागर देखेको छ । हाम्रो भौतिक चर्मचछुले त्यस्तो उर्जालाई महसुस गर्न नसकेको कारण हामीलाई अलौकिक मात्र लागेको हो ।

अध्यात्म नैतिक शिक्षा होइन अतिनैतिक हो

अध्यात्मलाई कति मानिसहरुले नैतिक शिक्षाका रूपमा मात्र बुझेका छन् । झुटो नबोल्नु, नसा नलिनु, चोरी, व्याभिचारी हिंसा नगर्नु जस्ता उपदेशका कुराहरूले मानिसमा रूपान्तर ल्याउन सक्दैन ।

आज संसारभर धर्म गुरूहरूले, पण्डितहरूले, शिक्षकहरूले, नैतिकता सिकाउँदै आएका छन् । त्यसमाथि सनैदेखि उपदेश दिनका लागि त सबैका अभिभावक पनि त छँदैछन् नि,तर किन संसार यति अनैतिक छ त ? अध्यात्म र नैतिक शिक्षाको सम्बन्ध ठ्याक्कै विपरित छ ।

नैतिक शिक्षाले मानिसलाई आफ्नो कमजोरीहरू केवल दबाउन सिकाउँछ । मलाई रिस उठ्छ भने कसैले रिसाउन राम्रो होइन भन्दैमा मेरो रिसाउने कम्जोरी कसरी हट्न सक्छ । म नरिसाईकन रहनु पनि सक्दिन र ममा रिसाउने बानी नराम्रो हो भन्ने भाव पनि आएमा त ममा हिन भावले अवश्य जरा गाड्ने नै छ ।

यदि जबरजस्त रूपमा मैले रिसलाई दवाउन खोजी भने ‘म’ आफैंभित्र विभाजित हुने छु । रिसाउने ‘म’ र रिसाउन हुँदैन भन्ने ‘म’ बीचमा । यस्तो मानसिक विभाजनले अपराध भावलाई जन्माउँछ । वास्तबमा नैतिक शिक्षा समाजिक सुव्यवस्थाको प्रतिकुल छ ।

प्रवृत्तिगतः अध्यात्म अतिनैतिक हुन्छ । यो नैतिक वा अनैतिकभन्दा परको अवस्था हो । मस्तिष्क रूपान्तरका लागि नैतिक वा अनैतिक हुनुले केही फरक पर्दैन । पण्डित र चोरका हकमा रूपान्तरका उस्तै प्रकृयाले काम गरेको हुन्छ । अध्यात्म विकासको हकमा हाम्रो मनमा आएको हीन भाव बाधा हुनसक्छ ।

मेरो रूपान्तर सम्भव छैन भन्ने भाव आउँछ भने अध्यात्मिक रूपान्तर सम्भव हुँदैन । तसर्थ अध्यात्मले मानिसको रिस, हिंसा वा अन्य मानसिक व्याकुलतालाई विशेष महत्व नदिएर स्वभाविक रूपमा लिन्छ । असलमा व्याकुलता अशान्त चित्तको लक्षण मात्र हो । अशान्त मनलाई बदल्ने वित्तिकै लक्षहरू हराएर जान्छन् ।

अध्यात्म साम्प्रदायिक होइन सार्वजनिक हो

कुनै एउटा सम्प्रदायलाई पृष्ठपोषण गर्ने मानिसमा अध्यात्मिक विकास भएको हुँदैन । पण्डित, फादर, मौलाना अनि कुनै सम्प्रदायका गुरूलाई अध्यात्मिक चेतनाका केन्द्र मानिनु ठूलो भ्रम हो ।

अध्यात्म वा धर्म, साम्प्रदायिक नभई सार्वजनिक हुन्छ । व्यभिचारी वा चोरी नगर्नु, झुटो नबोल्नु बौद्ध, हिन्दू, मुस्लिम वा क्रिस्चियन सबैका हकमा लागू हुन्छ । धर्मका नाममा जसले बौद्ध, हिन्दू, मुस्लिम वा क्रिस्चियन भनेर मानिसमा विभाजन ल्याउँछ भने त्यो मानिस धार्मिक हुनै सक्दैन । अस्तित्वगत रूपमा मानिसमा विभाजन हुँदै हुँदैन । अध्यात्मिक चेतना अस्तित्वलाई बोध गर्दा मात्र प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोलि देखि क्लिनफिड लागू हुन्छ : मन्त्री गुरूङ

काठमाडौं । सरकारले कात्तिक ७ गते भोलि देखि नेपालमा क्लिनफिड लागू गर्ने भएको

नेपालमा थप ३,६३७ मा कोरोना संक्रमण,३,२१५ संक्रमणमुक्त

नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक, अनुसन्धानतर्फ पनि जोड

  कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना