बेइजिङ पुगेर परराष्ट्रमन्त्रीले भने-चीन विरोधी गतिविधिका लागि आफ्नो क्षेत्र प्रयोग गर्न दिँदैनौँ


बेइजिङ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभाग (आईडीसिपिसी)का प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका छन् ।

सोमबार अपरान्ह उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री खनालले नेपालले एक–चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने र कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिहरूका लागि आफ्नो क्षेत्र प्रयोग गर्न कहिल्यै नदिने प्रष्ट पारेका थिए ।