ठगी मुद्धामा मुछिएका सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री रावलले दिए राजीनामा



काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र कीर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको छ । मन्त्री रावलविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कीर्ते मुद्दा दायर भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले फरार अभियुक्तको रुपमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । जनज्योति एजुकेसन फाउण्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको दाबी गर्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

२०६१ मा मन्त्री रावलसमेतको लगानीमा दर्ता भएको जनज्योति प्रालि नामक कम्पनीलाई २०७४ पुसमा एजुकेसन फाउण्डेसन बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा