नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार गर्नुपर्छ



डा. युवराज संग्रौला।
नेपालको स्वतन्त्रता एकैमिनेटमा सकिन्छ भन्ने जस्ता भावनावादी सोचविचारको समस्या सानो छैन नेपालमा । कालापानी नेपालको हो, र रहिरनुपर्छ । भारत ठूलो छ नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ, यथार्थमा त्यही कारणले कालापानीमा भारतको दादागिरी भएको हो ।

यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस् भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवाश्यक छ । केही महत्वपूर्ण कुरामा विमर्श गरौं ।

१. नेपालको भूगोल चीन र भारतका बीचमा छ । यसको तात्पर्य हो हाम्रो एक एक इन्च जमिन मत्वपूर्ण छ । यस जमिनलाई जोगाउने दायित्व हाम्रै हो । तर २००७ सालदेखि अहिलेसम्म हामीले के गर्यौं ? अझ पञ्चायत जोगाउन त्यसबेला यो जमिन भारतलाई सशस्त्र फौज राख्न दियौं । अहिलेका थुप्रै समस्या हिजोदेखि आएका हुन् । यसतर्फ पहिला गम्भीर विश्लेषण गरौं।

२. हाम्रो भूराजनीतिक अवस्थाले नै राष्ट्रको सबभन्दा प्राथमिक काम कुटनैतिक व्यवस्थापन हो भन्ने स्पष्ट छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबैभन्दा प्रभावकारी र सक्षम हुनु पर्छ । यससँग वल्र्ड क्लास वा विश्वलाइ बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनीतिक विशेषज्ञहरु हुनुपर्छ । तर यो मन्त्रालयनै यस्तो एउटा मन्त्रालय हो, जस्ले विशेषज्ञहरुलाई प्रवेश निशेध गरेको छ । त्यो कुरा त यसको अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको दूरावस्थाबाटै जगजाहेर छ ।

यसको काम राजदूतको जागिर दिने हो र विदेश भ्रमणको चाँजोपाँजो मिलाउने हो जस्तो देखिन्छ । पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यसले राजदूतको जागिर दिन्छ । यो भन्दा बढी यसले देशको कुटनीतिको अनुसन्धान गरेको, नयाँ मान्याताहरु विकास गरेका प्रतिवेदनहरु पढेर विद्यार्थीहरु दीक्षित गर्न त अहिलेसम्म पाइएको छैन ।

३. देशमा विश्वस्तरका सिमाविद् छन् तर परराष्ट्र उनीहरुलाई देशको सेवामा प्रयोग गर्दैन । कहिलेकाहीँ मन्त्रीज्युले भेट्नु हुँदो हो । देशको सिमाना व्यवस्थापन गर्ने निकायलाई भूमिसुधार मन्त्रालयको मातहतमा राखेको छ। देशको परराष्ट्र मन्त्रीको हैसियत भूराजनीतिक अवस्थाको महत्वका कारणले प्रधानमन्त्री सरहको व्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जसले विश्वका घटना र परिघटनाको विश्लेषण गर्दै नेपालको कुटनीतिलाई बाटो देखाउन सकोस् । समकक्षीसँग वार्ता गर्न सकोस् । कर्मचारीले लेखिदिएका नोटबाट कामचलाएर देश चल्दैन ।

४. त्यसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको बिस्तार, सदृढीकरण र विशेषज्ञताको निर्माणबाट हुनुपर्छ । उत्तर र दक्षिणका सिमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालय मार्फत रहनुपर्छ र सिमानामा सानोतिनो मात्र समस्या देखियो भने यसलाई जिम्मेवार बनाउनु पर्छ ।

त्यसैले अहिले राष्ट्रका हितमा उठेको अवाज केबल भावनात्मक अभिव्यक्तिमा सीमित रहेर, राष्ट्रभित्र कर्मचारीतन्त्र र राजनीतिक अव्यवस्थापनका विषयले महत्व पाएनन् भने देश झनै कमजोर हुनेछ ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं । देशमा कुटनीतिक समस्यामा यो नयाँ बेहुली लजाएजस्तो लजाएर बस्छ । भारतको विदेश मन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो । के सडकमा आएका मानिस घुसपैठिया हुन् ? होइनन् भने त्यसको जवाफ किन नदिएको होला ? यस्का अधिकांश मानिस राजदूत हुन्छन्, र उनीहरु त्यसपछि विदेशमै बस्छन् ।

उनीहरु भोलि एग्रीमो नआउने डरले केही बोल्दैनन् । विदेशीका अत्याचारका विरुद्धमा । उनीहरुलाई राष्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो । देश रहे पुग्छ, अलिकति जस्तो भएपनि, ताकी विदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस्।

उनीहरु धेरैका सन्तान पनि विदेशमै छन् । कसरी होला राष्ट्रका स्वार्थको संरक्षण? के सरकार यस सम्बन्धमा छानबिन गर्न तयार छ । यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका (शिक्षकहरु)बोक्रा उकाइन्छन् थाहा छ, तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नै पर्छ ।

६. तसर्थ अहिले सडकको आन्दोलनले केबल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनीति पनि गर्नुपर्छ। अहिले वक्तव्यको बाढी लागेको छ। हरेक मानिसले वक्तव्य दिनु पनि पर्दैन । यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो । त्यसले राष्ट्रलाई आस्वस्त पार्नुपर्छ । यसमा पनि प्रधानमन्त्रीले नै अगाडी आउनु पर्ने अवस्था देखियो । यो बिडम्बना हो ।

हाम्रो सीमा व्यवस्थापनमा परराष्ट्रको भूमिका एकदमै कमजोर देखियो । तत्काल देशलाई विश्वासमा लिने काम गर्नुहोस्, र देशको विज्ञतालाई एक ठाउँमा ल्याउनुहोस् । आफन्त होइन देशभक्त विज्ञ खोज्नुहोस् । नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि विज्ञ हनुमान वा गणेश सम्म खोजेर भएपनि देशको कुटनीतिलाई चुस्त पार्नु आवश्यक छ ।

७. कतिपयलाई कालापानी अरुलाई हान्ने अवसर पनि बनेको छ । नारा कालापानीको छ, मक्सद राजनीतिको छ । हिजो देखिनै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ व्यक्तिगत आकांक्षाले समाप्त पार्दै आएको । देशको कुटनीतिलाई राजनीतिमा मौलाएको अनैतिकताले कमजोर बनायो । यो बेला देश एक ढिक्का हुनुपर्छ भन्ने ख्याल जाग्नुपर्छ । यस संवेदनशील मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्नेछन् । अहिले भावाना भन्दा बढी बुद्धिको खोजी हुनुपर्छ । यसबारेका जानकारहरुका सल्लाहले युवाहरु दीक्षित हुनुपर्छ । शक्ति देखाउनु पर्छ, तर बुद्धि प्रदर्शन गर्न ।

८. यस बारेमा रणनीति बनाइयोस् ।
. कालापानी नेपालको हो भन्ने प्रमाणसहित भारतलाई सरकारले पत्र पठाई र बर्तमान नक्सालाई मान्न इन्कार गरेको सूचना देओस् ।
. सीमाविद्हरुको समूहलाई नेपालको आधिकारिक यथार्थता यकिन गरि उहाँहरुबाट राष्ट्रलाई दीक्षित गरि यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस् । भावनात्मक नारालेमात्र हानी पनि उतिकै गर्छन् ।
. नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार पारोस् ।
. यस सम्बन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जानकारी गराइयोस् ।
. यो मुद्दामा भारतको अडान हैकमवादी भयो भने, विशेष बहस सुरु गरियोस् जसले नेपाल भारत सम्बन्धको परिभाषा गरोस् । यसभित्र सन् १९५० को सन्धी पनि पर्छ ।
. आवश्यक पर्न सक्छ, अन्तर्राष्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको