नेपालविरूद्ध माेदी सत्ताकाे रणनीति



भरत दाहाल

मैले सँधै जोड दिने गरेको छुँ कि ईण्डिया नेपालको मित्र बन्न असंभव छ। यो साम्राज्यवादी ब्वाँसो हो। यो छिन्नभिन्न नभैकन दक्षिण एशियाका देशहरु सुरुक्षित हुने संभावना छैन। अब नेपालमाथिको ईण्डियन आक्रमणको औजार कथित हिन्दूत्व हो। हिन्दूत्वको आडमा यहाँको सेन्टीमेन्ट भजाउने र त्यहि जनमतलाई हतियार बनाएर नेपालको सार्वभौमिकता र अखण्डतामाथि हमला गर्ने त्यसको रणनीति हो।

त्यसले हिन्दूत्वका नाममा दलालहरु तयार पारेर पार्टी खोलाउनका लागि करोडौं लगानी गरेको छ। अहिले हिन्दूत्वका बहानामा ईण्डियालाई मित्र देश भएको प्रचार गर्ने आरएसएसका यीनै पैसा खौवा दलालहरु हुन्।

कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा राखेर नक्शा प्रकाशित गर्दा पनि ओलीको दलाल गिरोहले के हेरेर बसेको छ ? ईण्डियासंग कुनै समस्या छैनन् भन्ने यो दलाल गिरोहलाई सबैले प्रश्न सोध्नु पर्ने बेला आएको छ।

मैले पाएको जानकारी अनुसार मोदीको सत्ताले नेपाल विरोधि रणनीतिका विषयमा नबोल्न पुष्पकमल दाहाललाई पनि धम्कि दिएको छ। ईण्डियाको आलोचना गरेमा २०५९ सालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराई आफै तात्कालिन ईण्डियन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको कार्यालयमा गएर दर्ता गरेको आत्मसमर्पणको विन्तिपत्र सार्वजनिक गरिदिने धम्कि दिएको हो।

दल र नेता नामका भाडाका अपराधिहरुले हिंजो पैसा र पदका लागि विदेशीहरुसंग गरेका सौदाबाजिहरुलाई समातेर नेपालमाथि आफ्नो नियन्त्रण अरु मजबुत बनाउने अभियान सुरु भएको देखिंदैछ।

सत्ताभित्र र बाहिर लुकेर बसेका देशद्रोहीहरुले कुनै पनि बेला नेपाल विरुद्ध कुनै पनि प्रकारका कृयाकलापहरु अघि बढाउन सक्ने संभावना बढेको छ। पुष्पकमल दाहालले पटकपटक कथित आन्दोलनको कुरा उठाउनु र तराइमा गएर भड्काउपूर्ण भाषणबाजी गर्नुबाट यसको संकेत आईसकेको छ। अब यीनीहरुका लागि मैदान एकलौटी नहोस् र यीनीहरुमाथि जाईलाग्ने तयारी सबै देशभक्तहरुका तर्फबाट होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस